जलजला गाउँपालिकाले आइतबार मापडण्ड विपरीत वागेश्वरी एग्रीगेट एण्ड ब्लक उघोगका नामा क्रसर उघोग सञ्चालन गरेको भन्दै शिल गरेको क्रशर उघोग ब्यवसायिले अटेर गरेरै सञ्चालनमा ल्याएका छन् । पालिकाका जनप्रतिनिधिहरुले राजनितीक आग्रह र पुर्व–आग्रहका रुपमा रहेर एक्लौटि निर्णय गरेको भन्दै साेमबार देखि नै आफुले क्रशर सञ्चालनमा ल्याएको क्रशर उघोगका सञ्चालक शिव जि.सीले बताउनु भयो । यता गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल ( रामकृष्ण ) ले भने बागेश्वरी एग्रीगेट एण्ड ब्लक उघोगका नाम दार्ता गरेर ब्यवासायिले जलजाला–७ मिलनचोकमा अबैध रुपमा कालिगण्डकी नदिको दोहन गरी क्रसर उघोग नै सञ्चालन गरेको भन्दै पटक पटक पालिकामा निवेदन परेपछि छानविन गरेर गाउँ कार्यपालिकाको बैठक बसि क्रसर बन्द गराउन लगाएको बताउनु भयो ।
क्रसरको विषयमा गाउँपालिका तथा अख्तियार अनुसन्धान कार्यालयमा पटक पटक निवेदन परेको छ । पालिकाले पटक पटक व्यसायिलाई आवश्यक प्रकृया पु¥याएर मात्रै क्रसर सञ्चालन गर्न भनेर भने पनि शक्ति र पावरको दम्भ देखाँउदै पालिकाले शिल गरेको क्रशर उघोग समेत सञ्चालक जिसीले सञ्चालन गर्दै आएको अध्यक्ष मल्ले बताउनु भयो । क्रसर उघोगका कारण मिलनचोक, केराबारी बस्तिनै जोखिम हुने गरि दिन डाहडै डोरको प्रयोगरी खोलाबाट गिटी बालुवा अबैद रुपमा उत्खनन् गर्ने गरेपछी बाध्यकारी अवस्था शिर्जना गरेर क्रसर बन्द गर्नु परेको मल्लको भनाइ छ । ब्यवसायिले १ बर्ष भन्दा बढी अवैद रुपमा क्रसर सञ्चालन गर्दै आएको गाउँपालिकाले जनाएको छ ।
जिसिले शुरुमा २०७१ सालबाट सो स्थानमा बागेश्वरी ब्लक उघोगको नाममा सानो क्रसर सञ्चालन गरेका थिए तर २०७४ सालमा वागेश्वरी एग्रीगेट एण्ड ब्लक उघोग नाम परिवर्तन गरि ठुलो क्रसर सञ्चालन गरेका हुन् । उनले क्रशर उघोग पनि सार्वजनिक जग्गा कब्जा गरि सञ्चालन गरेको अध्यक्ष मल्लले बताउनु भयो ।
गाउँपालिका कार्यपालिको बैठले पनि २०७६ मंसिर १५ गते नै क्रसर उघोग बन्द गर्ने भनेर निर्णय गरेको थियो । उक्त निर्णयको विरुधमा ब्यवसायि जिसीले २०७७ भाद्र ३१ गते उच्चअदालत बाग्लुङ्गमा रिट निवेदन दर्ता गरेका छन् । अदालतमा मुद्धा विचाराधिन अवस्थामा रहेको र अदालत बाट क्रशर बन्द गर्ने निर्णय भएर आएमा आफुले बन्द गर्ने सञ्चालक जिसीले बताए ।