जापान र अस्ट्रेलियामा कडा प्रतिबन्धहरु धमाधम हटाइँदै

काठमाडौँ । कोरोनाभाइरसको महामारीका कारण लकडाउनसहित विभिन्न कडा प्रतिबन्धात्मक व्यवस्था लागू गर्दै आएका जापान र अस्ट्रेलियाले ती व्यवस्थाहरू बिस्तारै हटाउन थालेका छन् ।

केही समय अगाडि मात्रै लकडाउन हटाएका जापान र अष्ट्रेलियाले अन्य कतिपय प्रतिबन्धात्मक व्यवस्थाहरू पनि हटाउने निर्णय गरेको छ ।

जापानले अब ठूला सार्वजनिक कार्यक्रम तथा भीडभाड हुने गतिविधि गर्न सक्ने गरी कडा सर्त हटाउने निर्णय गरेको छ । आम नागरिकलाई सम्भव भएसम्म सजिलो हुने गरी लचकता अपनाउन थालेको तर कोरोना भाइरसको तेस्रो चरणको महामारी आउने खतरालाई पनि ध्यान दिन आवश्यक रहेको जापान सरकारले निकालेको सूचनामा उल्लेख छ ।

यस्तै, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सरकारले प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो पार्दै लगेको जानकारी दिएका छन् ।

अस्ट्रेलियामा प्रतिबन्धात्मक व्यवस्थाविरुद्ध नागरिकले प्रदर्शन समेत गर्दै आएका छन् । अस्ट्रेलियामा तेस्रो चरणको महामारीको खतरा धेरै रहेकाले अझै पनि पूर्ण रूपमा खुल्ला गर्न नमिल्ने प्रधानमन्त्री मोरिसनको भनाइ छ ।

 

 

You can share this post!

आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस

एकैदिन वडा अधिबेशनको तयारीमा माओवादी केन्द्र

Related posts