मंसिर ८ गते म्याग्दीको बेनीमा नेत्र बिक्रम चन्द ‘विप्लव’ आउने

म्याग्दी । यही मंसिर ८ गते म्याग्दी सदरमुकाम बेनीमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लव आउनुहुने भएको छ ।

मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नका लागि विप्लव म्याग्दी आउन लाग्नु भएको शुक्रबार बेनीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

मगर मुक्ति मोर्चा नेपालको मिति २०७८ मंसिर १ गते नवलपुरमा सम्पन्न तेस्रो पुर्ण वैठकको निणर्य अनुसार पार्टी पुनस्थापना दिवशको अवसर पारेर मंसिर ८ देखि १० गते सम्म म्याग्दीको बेनीमा चौँथो राष्ट्रिय सम्मेलनको आयोजना गरिएको सम्मेलन आयोजक समितिका संयोजक गम बहादुर श्रीस मगरले जानकारी दिनुभयो ।

सम्मेलनलाई सभ्य र भव्य तरिकाले सम्पन्न पार्नका लागि बिभिन्न उपसमितिहरु गठन गरि तयारी सुरु गरिएको श्रीसले बताउनुभयो । मंसिर ८ गते बिहान ११ बजे देखि बिभिन्न झाँकी र जुलुस सहित बेनी बजार परिक्रमा गरि खुल्ला मञ्चमा उद्घाटन गरिने, ९ र १० गते बन्द सत्र जिल्ला समन्वयको सभाहलमा सम्पन्न गर्ने कार्यक्रम तय भएको छ ।

सम्मेलनमा देशभरिबाट १५२ जना प्रतिनिधि तथा परिवेक्षकहरु सहभागी हुने श्रीसले बताउनुभयो । कार्यक्रममा सामना परिवारको बिशेष सांस्कृतिक प्रस्तुती पनि रहने आयोजक समितिले जनाएको छ ।

You can share this post!

नेकपा एमाले बेनी नगर कमिटिको दोस्रो पुर्ण वैठक सम्पन्न

एमाले मंगला गाउँपालिकाको पाँचै वडामा प्रथम पुर्ण बैठक सम्पन्न

Related posts