नेपाली कांग्रेस म्याग्दी प्रदेश क मा ओम छन्त्यालको नेतृत्वमा कार्यसमिति चयन

म्याग्दी । नेपाली कांग्रेस म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति क को सभापतिमा ओम छन्त्याल सर्वसम्मत निर्वाचित हुनुभएको छ। शनिबार बेनीमा सम्पन्न प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट छन्त्यालको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन गरिएको हो ।

निर्वाचन अधिकृत रामजीप्रसाद सुवेदीका अनुसार उपसभापति पदमा भवबहादुर भण्डारी, सुजन बरुवाल, सचिव पदमा चक्रबहादुर केसी र रोशन पुन, उपसचिवमा विशाल खत्री र गणेश गर्वुजा निर्विरोध चयन हुनुभएको छ ।

कार्यसमितिको सदस्यहरुमा टंक बहादुर हमाल, मोहन मल्ल, तारानाथ रेग्मी, गोपाल बाँनिया, धर्मराज शर्मा सुवेदी, चन्द शेरपुजा मगर, गोविन्द पुन, डिल बहादुर बरुवाल, सप्रम मल्ल, अनोद श्रेष्ठ, श्याम पुर्जा, निर्मला श्रेष्ठ, अमृतादेवी बानियाँ, धनमाया विक, सृजना भट्टचन, पशुपति विक र टिकप्रसाद गौचन सर्वसम्मत चयन भएका छन् ।

पद तथा गोपनियताको सपथ ग्रहण गर्दै सभापति छन्त्यालले सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्न सफल भएकोमा जिल्लाका नेता तथा निर्वाचन समितिलाई धन्यवाद दिनुभएको थियो । छन्त्यालले आफु नेतृत्वमा रहँदा सम्म नेपाली कांग्रेसलाई क्षेत्र क मा अझै शसक्त बनाउने गरि विभिन्न रचनात्मक कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

You can share this post!

एमालेको दशौं महाधिवेशनको लोगो सार्वजनिक, गैँडाको हातमा कम्युनिष्ट पार्टीको झण्डा

म्याग्दी कांग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा टंक पुन निर्वाचित

Related posts