म्याग्दीका स्थानीय तह र विषयगत कार्यालयको बार्षिक समिक्षा

बेनी । जिल्ला समन्वय समितिको आयोजनामा जिल्लास्थित विषयगत कार्यालय र स्थानीय तहको आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक समिक्षा गोष्ठी भएको छ । बार्षिक सामाजिक गोष्ठीको उद्घाट्न गण्डकी प्रदेशकी पुर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले गर्नुभएको हो ।

जिसस प्रमुख देवेन्द्रबहादर केसीको अध्यक्षतामा भएको समिक्षा गोष्ठीमा पुर्व संविधान सभा सदस्यहरु, नवराज शर्मा, गोविन्द्र पौडेल, रेशम बानियाँ, प्रदेश सभा सदस्य विनोद केसी, स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, सुरक्षा निकाय, विषयगत कार्यालयका प्रमुखको उपस्थिति रहेको थियो ।

नेकपा एमालेका सचिव बालकृष्ण सुवेदीले निर्माण ब्यवसायीको लापरबाहीले विकास जिल्लाका संचालित विकास योजनाहरु कमजोर बनेको बताउनुभयो । नेपाली कांग्रेसका उपसभापति माधवप्रसाद रेग्मीले ६ बर्षदेखि बेनी अस्पतालको भवन अलपत्र पर्दा विरामीको उपचार टहरमा गर्नुपरेको बताउदै निर्वाचित जनप्रतिनिधिहरुमा जनताको प्रश्न रहेको भन्नुभयो । नेकपा एकीकृत समाजबादीका अध्यक्ष कृष्ष्णकुमार विकले भाषण धेरै काम थोरै गरेको प्रतिफल जिल्लाको विकास योजनाहरुमा भएको ढिलासुस्तीले देखाएको बताउनुभयो ।

समिक्षा गोष्ठीमा स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले म्याग्दीको बिकास प्रतिको धारणा राखेका थिए ।

You can share this post!

आईएमई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी बीमा रकम भुक्तानी

छाप युवा क्लव द्वारा निशुल्क स्वास्थ्य शिविर संचालन तथा बृद्धहरुलाई न्यानो कपडा बितरण

Related posts