एमाले मंगला गाउँपालिकाको प्रथम पुर्ण बैठक सम्पन्न

म्याग्दी । नेकपा एमाले मंगला गाउँपालिका कमिटिको पुर्ण बिस्तारित बैठक शनिबार सम्पन्न भएको छ ।

पालिका कमिटि अध्यक्ष सत प्रसाद रोकाको अध्यक्षतामा सम्पन्न बैठकले पालिका भित्र जनबर्गीय संगठन निर्माण गर्ने निर्णय गरेको छ । पार्टी र जनबर्गीय संगठनहरुको टोल स्तर सम्म पुगेर कमिटि गठन गर्ने निर्णय गरिएको पालिका कमिटि सचिव चिरञ्जीवी शर्माले जानकारी दिनुभयो ।

त्यस्तै मतदाता नामावली संकलन र दर्तामा सहयोग गर्ने, कार्यक्षेत्र र जिम्मेवारी वाँडफाँड गर्ने गरि निर्णय पनि गरिएको सचिव शर्माले बताउनुभयो ।

बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य एबँ प्रदेश सभा सदस्य नरदेवी पुनले संगठनलाई बलियो बनाउनका लागि पालिका कमिटि तथा वडा कमिटिलाई क्रियाशिल हुन अनुरोध गर्नुभयो । स्थानीय तह, प्रदेश र संघको चुनाव नजिकिदै गरेकाले त्यस चुनावमा जित हाँसिल गर्नका लागि पालिका कमिटिको भूमिका महत्वपूर्ण हुने पुनले बताउनुभयो ।

बैठक उपसचिव दर्पण रोकाको स्वागत र सचिव शर्माको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

थारू समुदायको पहिचान र संस्कृति संरक्षण गर्न सङ्ग्रहालय स्थापना  

रघुगंगा गाउँपालिकाको बार्षिक समिक्षा एवं सार्वजनिक सुनुवाई

Related posts