म्याग्दीमा अर्थिक बर्ष २०७५÷०७६ देखि यता १८ जना महिलाहरु वलत्कृत भएका छन् । वलत्कृत हुनेहरुमा १० वालवालिका, १ वृद्धा र ७ युवा अवस्थाका महिलाहरु रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । आर्थिक वर्ष ०७५÷०७६ मा ८ जरजस्तिकरणी को केश जिल्ला प्रहरी कार्यालयकोमा दर्ता भएकोमा ५ वालवाललिका को रहेको प्रहरी नायव उपरिक्षक किरणजंग कुवँरले जानाकारी दिनु भयो । वालवालिका मध्यपनि १ वालिकालाई आफ्नै वुवाले करणी गरेका छन् । त्यसै गरी एक वालिकालाई ३ जना १९, २१ र २६ वर्षका पुरुषहरुले सामुहीक रुमा करणी गरेका थिए अन्य वाँकि वालवालिका सहित ६ महिलाहरु लाई २ जना छिमेकी, गाउँ नजिकैका १, साथिहरु २, अपरिचित १ जनाले करणी गरेको कुवँरले जानाकारी दिनु भयो ।
त्यसैगरि ०७६÷०७७ मा पनि ८ जना महिला तथा वालवालिका वलत्कृत भएका छन् । सो मध्य ४ वालवालिका ५८ बर्ष कि एक वृद्धा र ३ युवा अवस्थाकामा महिलाहरु माथि करणी भएको कार्यालयले जनाएको छ । वलत्कार गर्नेहरु एक जना काका नाता पर्ने, एक जेठाजु नाता पर्ने, १ दाजु नाता पर्ने, ३ जना छिमेकी र २ साथिहरु रहेको कार्यालयले जनाएको छ । चालु अर्थिक बर्षमा २ वटा वलत्कारका केस दर्ता भएका छन् । सो मध्य १ वालिका र १ युवा महिला माथि करणी भएको छ । उक्त दुई मध्य मामा ले भान्जी नाता पर्ने एक र चिनजानका साथिहले एक करणी गरेका छन् । सबै मध्दा वढी वालवालिका करणी हुनुको कारण वालवालिका लाई म माथि योन दुरब्यवहार वा करण हुँदै छ भन्ने ज्ञानको अभाव र तुलनात्मक रुपमा बयस्क महिलामा भन्दा वालिकामा प्रतिरोध गर्न सक्ने क्षमता कम भएका कारणले वालिका माथि बढी करणी हुनेगरेको कुवँरले बताउनु भयो । अधिकाशं युवाहरुले मायाको नाटक गरेर वालवालिका लाई फसाएर करणी गर्ने गरेको अनुसन्धान बाट पत्ता लागेको छ ।