एमाले बेनी नगरको नयाँ नेतृत्वलाई सपथ ग्रहण

म्याग्दी ।  नेकपा एमाले म्याग्दी बेनी नगर कमिटिको सर्वसम्मत रुपमा चयन भएको नयाँ नेतृत्वलाई सपथ ग्रहण गराईएको छ । बुधबार सम्पन्न भएको प्रथम नगर अधिवेशनबाट अध्यक्ष नारायण जिसी, उपाध्यक्ष लिलाराम गौतम, सचिव सुवास बिश्वकर्मा, उपसचिव हिरा बहादुर थापा, लक्ष्मण कटुवाल लगाएत ७५ सदस्यीय नगर कमिटि चयन गरिएको थियो ।

बिहिबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित कार्यक्रममा निर्बाचन मण्डलका संयोजक राम प्रसाद सुवेदीले सर्वसम्मत रुपमा चयन भएका नगर कमिटिका सदस्यहरुको नामावलि औपचारिक रुपमा घोषणा गरेपछि नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।

सपथ ग्रहण पछि नव निर्बाचित अध्यक्ष जिसीले कुरा गर्न भन्दा काम गर्न आफु नेतृत्वमा आएको बताउनुभयो । बेनी नगरपालिका एमालेको पकट क्षेत्र भएकाले यसको गरिमालाई जोगाई राख्न महत्वपूर्ण भूमिका निभाउने प्रतिबद्धता जनाउनुभएको छ ।

सेवामुलक गतिविधिलाई अगाडि बढाउने, युवालाई स्वरोजगार बन्न जागरुक बनाउने, नगरपालिका भित्र पार्टीको संगठित सदस्यता बृद्धि गराउने, वडा कमिटि तथा भातृ संगठनलाई सक्रिय बनाई पार्टीलाई शक्तिशाली बनाउने, बिपतमा सहयोगी भूमिका निभाउने, तथा जिल्लाका नेता, अन्य पालिका कमिटि तथा बिपक्षी दलका समकक्षीहरु संग पनि आबश्यक समन्वय र सहकार्य गर्दै समाज परिवर्तनका लागि रचनात्मक काम गर्ने योजना बनाएको अध्यक्ष जिसीले बताउनुभयो ।

म एकलौटि निर्णय गरेर संगठन चलाउँदिन, कमिटिमा सवै पदाधिकारी तथा सदस्यहरुको भूमिका समान हुन्छ भन्ने मान्यता राख्दछु अध्यक्ष जिसीले भन्नुभयो, पार्टीको हितमा मेरो नेतृत्व सधै एककदम अगाडि हुनेछ । उहाँले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सफल भएकोमा अध्यक्ष मण्डल तथा पार्टीका शिर्ष नेताहरुलाई धन्यवाद प्रकट गर्नुभएको छ ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य नवराज शर्मा, जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, उपाध्यक्ष देबेन्द्र कटुवाल, सचिव बालकृष्ण सुबेदीले नयाँ कमिटिलाई बधाई दिदै बेनी नगर, पार्टी हाँक्ने मुख्य नेतृत्व भएकाले समृद्धि र सुशानको यात्रालाई सफल बनाउने दिशामा रचनात्मक कार्य गर्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रम अध्यक्ष मण्डलका सदस्य एवं बेनी नगर कमिटिका निबर्तमान संयोजक प्रमोद श्रेष्ठको अध्यक्षता र जिल्ला कमिटिका सचिवालय सदस्य सन्तोष रावलको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

बेनीमा शितको थोपा अभियान संस्थाको कार्य शुभारम्भ

इन्जिनियरहरू भ्रष्टाचारमा अदालत धाउँदै

Related posts