नेकपा एमाले अन्नपूर्ण ३ को अध्यक्षमा रमेश पुर्जा चयन

म्याग्दी । नेकपा एमाले अन्नपूर्ण गाउँपालिका ३ दानाको अध्यक्षमा रमेश पुर्जा चयन हुनुभएको छ । मंगलबार दानामा सम्पन्न प्रथम वडा अधिवेशनले पुर्जाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि सर्वसम्मत रुपमा चयन गरको हो । कमिटिको उपाध्यक्षमा आशा गुरुङ्ग, सचिवमा लाल बहादुर पुन, उपसचिवमा सरिला पुर्जा र दुर्गादत्त सुबदी चयन हुनुभएको दाना बाट पत्रकार गंगा पुनले जानकारी दिनुभएको छ ।

निर्बाचित पदाधिकारीहरुलाई अध्यक्ष मण्डलका संयोजक नेकपा एमाले म्याग्दीका जिल्ला सदस्य सुवास बिकले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो । त्यस्तै अन्नपूर्ण गाउँपालिका ७ को अध्यक्षमा माईलन पुन चयन हुनुभएको छ, भने रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेको वडा कमिटि अध्यक्षमा तेजिन फगामी मगर चयन हुनु भएको छ ।

हाल सम्म जिल्लाका ४२ वटा वडामा नयाँ नेतृत्व चयन भएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । अन्नपूर्ण गाउँपालिका वडा नं २ र ४ त्यस्तै धौलागिरी गाउँपालिका १ गुर्जामा पनि छिट्टै नै वडा अधिवेशन सम्पन्न गरिने उहाँले बताउनुभयो ।

कहाँ कस्को नेतृत्व ?

You can share this post!

राष्ट्रियता र समृद्धिको यात्रा अगाडि बढाउने पार्टी एमाले होः सांसद थापा

एमाले बेनी नगर अधिवेशन स्थगित

Related posts