माओबादी केन्द्र म्याग्दीका प्रभावशाली नेता थापा एमालेमा प्रवेश

म्याग्दी । नेकपा माओबादी केन्द्र म्याग्दीका एक प्रभावशाली नेता देव बहादुर थापा (देबेन्द्र) नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । म्याग्दीको धौलागिरी गाउँपालिका ७ ताकम निबासी थापा शनिबार एमाले धौलागिरी गाउँपालिका ७ को वडा अधिवेशनको अवसरमा माओबादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभएको हो ।

नेता थापा २०७१ सालमा नेकपा माओबादीको म्याग्दी जिल्ला सदस्य हुनुभएको थियो । २०७४ सालको स्थानीय तह निर्बाचनमा नेकपा माओबादी केन्द्रबाट धौलागिरी –७ को वडा सदस्यमा निर्बाचित हुनुभएका थापा माओबादी पार्टीका अग्रज नेता हुनुहुन्छ ।

थापा संगै ताकमका जेष्ठ कम्युनिष्ट चिन्तामणी सुबेदी पनि माओबादी परित्याग गरि एमालेमा प्रवेश गर्नु भएको धौलागिरी गाउँपालिकाका उपाध्यक्ष समेत रहनुभएको युवा नेता रेशम छन्त्यालले जानकारी दिनुभयो ।

नेता द्वयलाई नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य खुम बहादुर बानीयाँ, धौलागिरी गाउँपालिकाका उपाध्यक्ष छन्त्याल, वडा अध्यक्ष कलानिधि सुबेदी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य दिनेश केसी लगाएतले एमालेमा स्वागत गर्नुभएको थियो ।

थापाले माओबादी बिभाजन हुँदै जाँदा बितृष्णा जागेकाले पार्टी त्याग गरेको बताउनुभयो । धौलागिरीमा माओबादी पार्टीको शक्ति कमजोर भएकाले आफुलाई एक्लो महशुस भएको भन्दै नेता थापाले पदको लोभले नभई एमालेका अन्य नेताहरु संग मिलेर सेवामुलक राजनिति, र गाउँठाउँको बिकास गर्ने उद्देश्यले एमालेमा प्रवेश गरेको प्रतिक्रिया दिनुभयो ।

You can share this post!

एमाले म्याग्दीको वडा अधिवेशन जारीः रघुगंगा ५ झिको अध्यक्षमा तेजु शेरपुन्जा

म्याग्दीको हितमा मोनाको अभियान अघि बढ्छः अध्यक्ष छन्त्याल

Related posts