नेकपा एमाले म्याग्दीको रघुगंगाका ३ वडामा अधिवेशन सम्पन्न

म्याग्दी । नेकपा एमाले म्याग्दीले रघुगंगा गाउँपालिकाको ३ वटा वडामा शनिबार अधिवेशन सम्पन्न गरेको छ । जसअन्तर्गत वडा नं २ भगवतीको अध्यक्षमा धु्रव सुबेदी चयन हुनुभएको छ । कमिटिको उपाध्यक्षमा बालकृष्ण खत्री, सचिवमा अमृत भण्डारी, उपसचिवमा रसिना परियार र मन बहादुर कार्की चयन हुनुभएको छ ।

३१ सदस्यीय वडा कमिटि सर्वसम्मत रुपमा चयन गरिएको नेकपा एमाले जिल्ला कमिटि म्याग्दीका उपाध्यक्ष देबेन्द्र कटुवालले जानकारी दिनुभयो । त्यस्तै वडा नं ३ पिप्लेमा सुमन पौडेलको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा पवन मल्ल, सचिवमा भरतराज सुबेदी, उपसचिवमा जित बहादुर खत्री र टिका सेनलाई चयन गरिएको नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुबेदीले जानकारी दिनुभयो ।

त्यस्तै वडा नं ६ पाखापानीमा ट प्रसाद शेरपुन्जाको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि चयन भएको छ । कमिटिको उपाध्यक्षमा सुप बहादुर दर्जी, सचिवमा सोम बहादुर शेरपुन्जा, उपसचिवमा दिवा शेरपुन्जा पुन र प्रत बहादुर पुन चयन हुनुभएको निर्बाचन प्रतिनिधि निरज शेरपुन्जाले जानकारी दिनुभएको छ । । रघुगंगा गाउँपालिकाको बाँकी वडाहरुमा कार्तिक ७ र ८ गते अधिबेशन सम्पन्न गरिने एमाले म्याग्दीले जनाएको छ ।

You can share this post!

एमाले म्याग्दीको वडा अधिवेशन बेनी नगरपालिकाको सबै वडामा सम्पन्न

नेकपा एमाले म्याग्दीको मंगला गाउँपालिकाका ३ वडामा अधिवेशन सम्पन्न

Related posts