म्याग्दी । नेकपा एमाले म्याग्दीको बेनी नगरपालिकाको सबै वडामा अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट बेनी नगरपालिका वडा नं १ को वडा कमिटि अध्यक्षमा टेक बहादुर थापा, उपाध्यक्षमा गणेश बोगटी, सचिवमा तारा प्रसाद थापा, उपसचिवमा श्याम रोका र सम्झना छन्त्याल सहति ३१ सदस्यीय वडा कमिटि चयन भएको छ ।
वडा नं २ मा डिल बहादुर घिमिरेको अध्यक्षतामा उपाध्यक्ष हरि नारायण जिसी, सचिवमा भिम बहादुर रिजाल, उपसचिवमा भगबती सार्की र डिल बहादुर रिजाल चयन हुनुभएको छ । २७ सदस्यीय वडा कमिटि गठन गरिएको जिल्ला सचिवालय सदस्य राज कुमार थापाले बताउनुभयो ।
वडा नं ३ मा गेम बहादुर घर्तिको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि चयन भएको छ । कमिटिको उपाध्यक्षमा मन कुमारी पुन, सचिवमा गिरी प्रसाद श्रीस, उपसचिवमा चन्द्रा पुन र डेक बहादुर पुन चयन हुनुभएको जिल्ला सदस्य कुमार थापा किसानले जानकारी दिनुभएको छ ।
त्यस्तै वडा नं ४ मा गोबिन्द पौडेल अध्यक्ष, ईश्वर सिं खत्री उपाध्यक्ष, जगनाथ आचार्य सचिव, गीता कार्की र धनराज सुनार उपसचिव रहेको २५ सदस्यीय वडा कमिटि गठन भएको छ ।
वडा नं ५ मा दिनेश कार्कीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा बिशाल बानीयाँ, सचिवमा चन्द्र बहादुर बानीयाँ, उपसचिवमा दुर्गा पौडेल र बिनोद परियार चयन हुनुभएको अनेरास्ववियुका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले जानकारी दिनुभएको छ ।
त्यस्तै वडा नं ६ को अध्यक्षमा गणेश बहादुर बानीयाँ चयन हुनुभएको छ । ३१ सदस्यीय कमिटिको उपाध्यक्षमा दिपक हमाल, सचिवमा बल बहादुर बानीयाँ, सहसचिवमा यकिन्द्र बहादुर कटुवाल र तेज कुमारी बानीयाँ चयन हुनुभएको युवा नेता नारायण जिसीले जानकारी दिनुभएको छ ।
वडा नं ७ मा रमेश फगामीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा डम्बर बानीयाँ, सचिवमा सुन्दर केसी, उपसचिवमा शर्मिला किसान र प्रेम घिमिरे चयन हुनभएको बेनी नगर कमिटि अध्यक्ष प्रमोद श्रेष्ठले जानकारी दिनुभयो ।
वडा नं ८ मा ठाकुर प्रसाद शर्माको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा कोषानन्द आचार्य, सचिवमा याम बहादुर बानीयाँ, उपसचिवमा सुमन पौडेल र चन्द्र प्रकाश बराईली चयन हुनभएको छ ।
वडा नं ९ मा बाबुराम चोखालको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा चिरञ्जीवि सुबेदी, सचिवमा सविस चोखाल, उपसचिवमा लोक बहादु खत्री र रुपेश नेपाली चयन हुनुभएको छ ।
त्यस्तै बेनी नगरपालिका १० मा कृष्ण बहादुर मल्लको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि चयन भएको छ । कमिटिको उपाध्यक्षमा अशोक कुमार रोका, सचिवमा गोकुल शर्मा, उपसचिवमा तिलक थापा र अजय रसाईली चयन हनुभएको एमाले म्याग्दीका जिल्ला सदस्य डिपी शर्माले बताउनुभयो । बेनी नगरपालिकाको सबै वडाहरुमा सर्वसम्मत रुपमा अधिवेशन सम्पन्न भएको छ ।
जिल्लाको २५ वटा वडामा वडा कमिटि गठन भएको र कार्यक्रममा उत्साहजनक सहभागीता भएको नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ । बाँकी रहेका वडाहरुमा कार्तिक ७ र ८ गते अधिवेशन सम्पन्न गरिने पनि उहाँले बताउनु भएको छ ।