एकिकृत समाजबादी पार्टीको शुभकामना आदान प्रदान

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादी म्याग्दीले बिजयादशमी तथा शुभ दीपावलीको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार पार्टी कार्यालय न्युरोड बेनीमा जिल्ला स्थित बिभिन्न राजनैतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि एबं संचारकर्मीहरुको उपस्थितिमा शुभकामना आदान प्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य बिनोद केसीले एक भएको कम्युनिष्ट फेरी बिभाजन हुनु दुखद भएको बताउनुभयो । भावनात्मक रुपमा एक हुँदाहुँदै पनि परिस्थितिले अलग बनाएको बताउँदै केसीले कम्युनिष्ट पार्टीहरु फेरी पनि एक हुन आबश्यक रहेकोमा जोड दिनुभयो । उहाँले एमाले भित्र बिद्रोह गरेर आएको नयाँ पार्टी भएकाले सहि राजनैतिक संस्कारको बिकास गर्दै जनमुखी काम गरेर जनतामाझ लोकप्रीय बन्न पनि समाजबादी पार्टीलाई सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सहसचिव भरत रकाल, नेकपा माओबादी केन्द्रका प्रदेस सदस्य टेक बहादुर बिक, बेनी नगरपालिका वडा नं ८ का अध्यक्ष रामकृष्ण बराईली, म्याग्दी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, एकिकृत समाजबादी पार्टी पवर्तका जिल्ला सदस्य चन्द्र बहादुर लामिछाने, नेपाल पत्रकार महासंघ म्याग्दीका कोषाध्यक्ष अमित बिश्वकर्मा लगाएतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

जिल्ला अध्यक्ष कृष्ण कुमार बिश्वकर्माले एकिकृत समाजबादी पार्टीको आन्दोलन अहिले मुलुकभर चर्चामा रहेको भन्दै सबै पार्टीहरु संग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । महल छोडेर तिनको छानोमा आएको प्रति कुनै गुनासो नभएको बताउँदै बिश्वकर्माले यहि तिनको छानो नै फेरी सुन्दर महल बन्ने बिश्वास ब्यक्त गर्नुभयो । बिकासमा म्याग्दी निकै पछि रहकोले अब सबै पार्टी एक भई बिकासका योजनाहरु ल्याउन पहल गर्नु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रम एकिकृत समाजबादी पार्टीका गण्डकी प्रदेश सदस्य एबँ जिल्ला सचिवालय सदस्य देउप्रसाद छन्त्यालको स्वागत र जिल्ला सदस्य रुद्र किसानको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

गुल्मीमा चिर्पट प्रहार गरी भतिजद्वारा ठूलीआमाको हत्या

घान्द्रुक दुर्घटनाका मृतकको सनाखत, मृत्यु हुनेमा घुम्न आएका विद्यार्थी

Related posts