म्याग्दी । मोना कतारले सञ्चालन गरिरहेको मावि स्तरीय वक्तृत्वकला प्रतियोगिताको अन्तिम चरण असोज २३ गते सम्पन्न हुने भएको छ । उत्कृष्ट पाँच मा प्रवेश गर्नु भएका प्रतियोगीहरुका लागि “शैक्षिक स्तर वृद्धिका लागी स्थानीय तहको भूमिका के हुन सक्छ ? शिक्षालाई समयसापेक्ष बनाउन सरकारले गर्नु पर्ने न्यूनतम कार्य के हुन् सक्छन् ? साथै परम्परागत शिक्षाको विकल्प के हुन सक्छ ?” शीर्षक छनौट गरिएको छ ।
प्रतियोगीता असोज २३ गते बेनीमा रहेको म्यादी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समितिको कार्यालय, उद्योग वाणिज्य संघको भवनमा बिहान ११ः३० बजेबाट संचालन हुने मोना कतारका महासचिव अजय कुँवरले जानकारी दिनुभयो । प्रतिस्पर्धी बिद्यार्थीहरुलाई बिहान ११ः ०० बजे भित्र हलमा प्रवेश गर्नका लागि अनुरोध गरिएको छ ।
बर्सातको समय, पछिल्लो समय देखिएको इन्टरनेट प्रदायकहरू र बिद्युत प्राधिकरण बिचको समस्या तथा विजयादशमी को उल्लासले विभिन्न समस्यामा पार्न सक्ने तर्फ ध्यान केन्द्रित गर्दै आयोजक समितिले तोकेको समय भन्दा २ दिन पहिले नै शिर्षक छनौट गरि पठाइएको कुँवरले बताउनुभयो । पुरानो कार्य तालिकामा सामान्य परिवर्तन गर्दै भिडियो असोज २५ गते साँझ ५ बजे मात्र प्रकाशन हुने र असोज ३१ गते मात्र नतिजा बन्द गर्दै सूचना जारी गरिने कार्यक्रम रहेको पनि उहाँले बताउनुभयो ।
अन्य नियमहरु पुरानो नै कायम गरीएको छ भने आफ्नो बिचार ५ मिनेट नबढाई ब्यक्त गर्न पनि प्रतियोगीहरुलाई अनुरोध गरिएको छ । प्रतियोगीतमा प्रथम पुरस्कार रु बिस हजार र प्रमाणपत्र, दित्तिय पुरस्कार रु पन्ध्र हजार र प्रमाणपत्र, तितृय पुरस्कार रु दश हजार र प्रमाणपत्र, र शान्त्वना पुरस्कार २ जनालाई पाँच हजारका दरले प्रदान गरिने आयोजकले जनाएको छ ।
भर्चुअल माध्यमबाट संचालन गरिएको प्रतियोगीतामा सहभागी हुँदै न्यू वेस्ट पोइन्ट माबीकी शिल्पी जिसी, प्रकाश माबिकी सिर्जना कटुवाल, जामुनाखर्क माबिकी बिनिता सुबेदी, बेनी सामुदायिक माविकी सुमित्रा पौडेल, र न्यू वेस्ट पोइन्ट माबिका प्रज्वल मल्ल उत्कृष्ट पाँचमा पर्न सफल हुनुभएको छ ।