काठमाडौ, १० असोज । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जान बाट रोकिएका १३ हजार नेपाली बिद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउन सरकारलाई निर्देशन दिएको छ ।
जापानमा जाने १३ हजार बिद्यार्थीहरुले पैसा बुझाएका छन । जापानले सीआई पनि गरको छ । भिसा पठाएको छ तर जापान जान पाइराखेका छैनन, शिक्षा मन्त्रालयलाई निर्देशन दिदै समितिका सभापति जयपुरी घर्तिले भन्नुभयो, “जापानसंग कूटनीतिक पहल गरेर बिद्यार्थीहरु तत्काल जाने वातावरण बनाउन सरकारलाई निर्देशन दिन चहान्छु” ।