अखिल क्रान्तिकारी म्याग्दीको अध्यक्षमा रेशम केसी

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) म्याग्दीको अध्यक्षमा रेशम केसी सर्वसम्मत चयन हुनुभएको छ । अनेरास्ववियु क्रान्तिकारी म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको १७ औँ जिल्ला सम्मेलनबाट रेशम केसीको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

सम्मेलनबाट समितिको प्रथम उपाध्यक्षमा भाइरथ पाण्डे, दिप्तिय उपाध्यक्षमा हेमन्त पाण्डे, सचिवमा विवेक केसी, सह–सचिवमा सुस्मिता बाँनिया, सज्जन आचार्य, कोषाध्यक्षमा आइतराम तामाङ चयन हुनुभएको छ ।

१७ औँ जिल्ला सम्मेलनबाट सन्दिप खत्री, किरन केसी, पुजा बराईली, प्रभु थापा, सन्दिप शर्मा, रिता खत्री, गकुल थकाली, अनिल भण्डारी कृष्ण थापा लगायतका सदस्य रहेको ४१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । १७ औ जिल्ला सम्मेललाई सफल बनाउन गाउँगाउँका विभिन्निि वद्यालयबाट दुईसय भन्दा बढी विद्यार्थीहरु उपस्थित भएका थिए ।

सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य टेकबहादुर विकले नेपालीको राष्ट्र र राष्ट्रियता बचाउनका लागि एमसीसी पास रोक्नुपर्ने बताउनु भएको छ । नेता विकले गठनबन्धन सरकारले यही अवस्थामा जस्ताको तस्तै एमसीसी पास गर्न खोजेमा सबै मिलेर फिर्ताका लागि दवावको आन्दोलन गनुपर्ने बताउनुभयो ।

नेता विकले सरकारले अहिलेकै अवस्थामा अमेरिकी सहयोग परियोजनाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई पास गराउन नेकपा माओवादी केन्द्रले समर्थन गरेमा पाटीका शिर्ष नेताको विरुद्धमा आन्दोलन गर्ने चेतावानी समेत दिनुभयो ।

गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले राजनीति पहुचँवाला नेताहरुको नभएको बताउदै सिद्धान्त र विचारको राजनीति केन्द्रित हुन विद्यार्थीलाई आग्रह गर्नुभयो । शिक्षा क्षेत्रभित्र रहेको विकृति र समस्या हटाउन र गुणस्तर शिक्षा निर्माणका लागि दवाब सिर्जना गर्न विद्यार्थीहरुको भुमिका महत्वपुर्ण हुने केसीको भनाई थियो ।

एकीकृत अखिल नेपाल शिक्षक संघ गण्डकी प्रदेश संयोजक सोमनाथ ढुगांनाले संघिय शिक्षा ऐन निर्माण गर्नमा विद्यार्थीहरुले दवाव सिर्जना गर्न आग्रह गर्नुभयो । कार्यक्रममा वाईसिएल जिल्ला संयोजक सन्दिप खत्री, अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य ज्योती लामिछाने, एकीकृत अखिल नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष होमनाथ पाण्डेले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारी केन्द्रिय समितिका सचिव प्रविणा अधिकारी, अनेरास्ववियू क्रान्तिकारी गण्डकी प्रदेश सह–इन्चार्ज नारायल बढाल, गण्डकी प्रदेश सह–संयोजक सुदिन पौडेल र केन्द्रिय सदस्य गोविन्द गौतमको उपस्थिति रहेको थियो ।

 

You can share this post!

म्याग्दीको दरबाङ्गमा ११६ सदस्यीय राष्ट्रिय युवा संघ गठन

म्याग्दी सुनचाँदी ब्यबसायी संघको अध्यक्षमा बानीयाँ चयन

Related posts