नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपुर्व सैनिक तथा प्रहरी संगठन म्याग्दीको अध्यक्षमा दिपक जिसी चयन हुनु भएको छ । एमालेमा आस्था राख्ने पुर्व सैनिक तथा प्रहरीहरुकोे पार्टी कार्यालय हाँडेभिरमा भएको भेलाले जिसीलाई संगठनको अध्यक्ष चयन गरेको हो ।
संगठनको उपाध्यक्षमा धर्मराज बानियाँ, सचिवमा रमेश फगामी, कोषाध्यक्षमा पुर्ण बहादुर जिसी, सह– सचिवमा सुर्यबहादुर केसी र सह–कोषाध्यक्षमा तोरण बहादुर बुढाथोकी लाई चयन गरीएको सचिव रमेश फगामीले बताउनु भयो । त्यसैगरी समितीको सदस्यहरुमा तिलक पुन, तोरण बहादुर बुढाथोकी, कुल बहादुर घर्ती मगर, खुमबहादुर थापा, दलबहादुर भण्डारी, सुन्दर स्याम बिक, भिमबहादुर खत्री र तिलक प्रसाद श्रेष्ठलाई चयन गरीएको फागामीले बताउनु भयो । संगठनका सदस्य रहनु भएका तिलक प्रसाद श्रेष्ठ नेपाली कांग्रेस परित्याग गरि आज नै नेकपा एमालेमा प्रवेश गर्नु भएको थियो ।
भेलालाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य तथा म्याग्दी जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले राष्ट्र र राष्ट्रियताको सभावलमा नेकपा एमाले सतिसाल झै उभिरहने पार्टी रहेको बताउनु भयो । उहाँले सुखी नेपाली समृद्ध नेपाल बन्नका लागि फेरी पनि एमाले सरकारको आवश्यकता देशमा रहेको बताउनु भयो । राष्ट्रका लागी दुख र बलिदान दिएका पुर्व सैनिक तथा प्रहरीहरुले राष्ट्र, राष्ट्रियता र जनताको लागि एमालेको सरकार बनाउन लडाई लढ्नका लागि समेत तयार हुनु पर्ने बताउनु भयो । उहाँले देशमा वर्तमान अवस्थामा स्वार्थ र पद पैसाका लागि मरिहत्य गर्नेहरुले जनताबाट चुनिएको एमालेको सरकारलाई परमादेशबाट निकालेर रमिता देखाई रहेको भन्दै नेकपा एमाले पुन जनताबाट नै सरकार सञ्चालन गर्ने ठाउँमा पुग्ने बताउनु भयो । वर्तमान स्वार्थसहितको गठबन्धनको सरकारले २ महिना बित्दा समेत मन्त्रिपरीषद् गठन गर्न नसक्नु, मनिपाल शिक्षण अस्पताल जस्ता सरकारी सम्पतीको बिकृ बितरण गर्नु, माफियालाई मन्त्री पदमा नियुक्त गर्नु जस्ता गैह् जिम्मेवार निर्णय गरेको बताउनु भयो ।
त्यसैगरी प्रदेश कमिटी सदस्य खुमबहादुर बानियाँले एमालेको ओली सरकारले ल्याएको जनमुखी बिकास बजेटहरुलाई कटौति गरेर बिकास बिरोधी सरकार रहेको प्रमाणीत गरेको बताउनु भयो । उहाँले स्वार्थका कारण प्रमादेश र गठबन्धनबाट आएको वर्तमान शेरबहादुर देवाको सरकार केही महिना पनि टिक्न नसक्ने बताउनु भयो ।
भेलामा नेपाल राष्ट्रिय भुपु सैनिक तथा प्रहरी संगठनका केन्द्रीय सदस्य बिर्ख बहादुर गर्बुजा, धौवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले शुभकामना मन्तब्य राख्नु भएको थियो । संगठनका अध्यक्ष जिसीको अध्यक्षतामा सम्पन्न भएको भेलामा स्वागत मोहन बानियाँ र सञ्चालन रमेश फगामीले गर्नु भएको थियो ।