पिपलचोकमा धौलागिरी आयुर्वेदा

म्याग्दी सदरमुकाम बेनीमा धौलागिरी आयुर्वेदा सञ्चालनमा आएकोे छ । ग्यासटीक, गानोगोला, पाईल्स, फिस्टुला, फिसर तथा नसा, हाडजोर्नी जस्ता समस्याको प्रकृतिक चिकित्सा पद्धती अनुसार उपचार गर्ने उदेश्य अरुप आयुर्वेदा सञ्चालन गरीएको सञ्चालक चन्दन ठाकुरले बताउनु भयो ।
हरेक हप्ताको शनिवार काठमाडौंबाट विए.यम.एस डाक्टर, दिवस बस्तोला, सृष्टु कुमार पासवान र शौलेन्द्र कुमार देवलगाएका डाक्टरहरु बेनीमा नै आएर ग्यासटीक, गानोगोला, पाईल्स, फिस्टुला, फिसर तथा नसा, हाडजोनी जस्ता रोगहरुको प्रकृतिक पद्धती मार्फत उपचार गर्ने व्यवस्था मिलाईएको सञ्चालक ठाकुरले बताउनु भयो ।

उक्त आयुर्वेदामा पन्चकर्म मार्फत उपचार गरिने सञ्चालक ठाकुरले बताउनु भयो ।
नेपाल आयुर्वेद स्वाथ्यकर्मी समाज गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष एवम् धनवन्तरी स्वाथ्य सहकारी संस्थाका अध्यक्ष रमाकान्त सापकोटाले रिवन काटेर उक्त आयुर्वेदाको उद्घाटन गर्नु भएको हो । उहाँले रोगको पहिचान गरी प्रकाृतिक रुपमा गरीने आयुर्वेदा उपचार पद्धती पछील्लो समय सबै बिरामीहरुको रोजाई बनेको बताउनु भयो ।

You can share this post!

नेकपा माओबादी केन्द्र म्याग्दीको संयोजकमा रेशम जुग्जाली चयन

अनेमसंघ म्याग्दीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम

Related posts