मोना पोर्तुगलको सातौं अधिवेशन, अध्यक्षमा रविन पुन

म्याग्दी जिल्लाबाट रोजगारीको शिलशिलामा पोर्तुगलमा पुगेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) पोर्तुगलको सातौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रविन पुनको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सविन शाही, उपाध्यक्षमा नर फगामी, नारायण तिलिजा, मोहन राना, महिला उपाध्यक्षमा देवी गर्वुजा महासचिवमा दिपु फगामी, सचिवमा तेजेन्द्र छन्त्याल, कोषाध्यक्षमा राजिन भण्डारी, सह–कोषाध्यक्षमा रविन पाईजा चयन हुनुभएको छ । समितिको सदस्यहरुमा मिलन पुर्जा, उमा वुदुजा, दिबस भण्डारी, कविन सेन, अर्विन पुन, ज्ञान बुढाथोकी, उमेस छन्त्याल, सुवास मल्ल, इन्द्र केसि, देविन तिलिजा, दिपक गुरुङ, राजेन्द्र सापकोटा रहनु भएको छ ।
त्यसैगरि खेलकुद संयोजकमा किसान श्रेष्ठ, युवा संयोजकमा विकास सुबेदी, साँस्कृतिक संयोजकमा एलिजा राम्जालीलाई चयन गरीएको महासचिव दिपु फगामीले बताउनु भयो । मोना पोर्तुगलको संरक्षकमा धन थापा , महिला संरक्षकमा दुर्गा पाइजा र सल्लाहकारमा लक्षुन रोका र रविन थापा लाई चयन गरिएको फगामीले जानकारी दिनुभयो ।

You can share this post!

Impact of covid 19

म्याग्दीमा नेपाल पक्षका प्रभावशाली नेता मानिने सुबेदी र थापा एमालेमै रहने

Related posts