‘लागुऔषध कतार हुँदै काठमाडौं आउँदै छ भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी स्ट्यान्डबाई थियो । नभन्दै संदिग्ध व्यक्ति विमानस्थल आइपुग्यो । हामी उसको चेन पत्ता लगाउन खोज्दै थियाैँ । त्यसो हुँदा चुपचाप उनीहरूलाई निगरानीमा राख्यौँ । यही क्रममा विद्यार्थीको भेषमा रहेकी तान्जेनियाली नागरिक पनि र्याकेटको एजेन्ट भएको खुल्यो । व्यापक अप्रेसनपछि अन्ततः सबै पक्राउ परे,’ ब्युरो प्रमुख एसएसपी थापाले भने ।
प्रहरीका अनुसार बरामद लागुऔषध कोकिनको अवैध बजार मूल्य करिब नौ करोड रुपैयाँ छ । उक्त लागुऔषध नेपालबाट भारतको दिल्ली लैजान खोजिएको थियो । दश वर्षको अवधिमा प्रहरीले हालसम्म ५१ किलो सात सय ९६ ग्राम कोकिन बरामद गरिसकेको छ ।
६ दिनको अप्रेसनपछि कारोबारीसहित कोकिन बरामद
प्रहरीका अनुसार दुई किलो ९ सय ६६ ग्राम कोकिनसहित कतार एयरवेजको उडानबाट काठमाडौं उत्रिएकी दक्षिण अफ्रिकी नागरिक ३० वर्षीय सिर्लेगामालाई कारोबारीले दरबारमार्गस्थित केएफसी रेस्टुरेन्ट जान भनेको थियो । सिर्लेगामा केएफसी पुगिन् । उनलाई ‘सर्भिलेन्स’ गर्न त्यसअघि नै पुगेकी थिइन् किमोर । सिर्लेगामा सुरक्षित रहेको र उनको पछि प्रहरी पनि नभएको सूचना किमोरले माथि दिएपछि भारतको दिल्लीबाट बैंगलोर किडाथी कर्नाटकका ३३ वर्षीय विजय सिंहलाई बोलाइयो । विजय काठमाडौं आए । र, होटलमा बसे । कमलादीमा पुगेर अफ्रिकी नागरिक सिर्लेगामाबाट दुई किलो ९ सय ६६ ग्राम कोकिन रहेको सुटकेस लिए । उनीहरूलाई पछ्याइरहेको प्रहरीले दुवैजनालाई पक्राउ ग र्यो । ब्यूरो प्रमुख एसएसपी हृदय थापाका अनुसार सुटकेसको फल्सबटमभित्र लुकाई ३ भदौमा उक्त लागुऔषध काठमाडौं ल्याइएको थियो । यसका लागि कारोबारीले दक्षिण अफ्रिकाको जोहनेसवर्ग–केपटाउन हुँदै कतारस्थित दोहाको रुट प्रयोग गरेको थियो । सूचनाअनुसार प्रहरीले कारोबारीलाई चनाखोका साथ दुई किलो ९ सय ६६ ग्राम कोकिनसहित कतार एयरवेजको उडानटबाट काठमाडौं उत्रिएकी दक्षिण अफ्रिकी नागरिक सिर्लेगामालाई निगरानीमा राखेको थियो ।
२०७८ भदौ १४ सोमबार ०८:२०:००
कोकिन कारोबारीले आफ्ना ‘एजेन्ट सेट’ गर्न नेपाली क्याम्पससमेत प्रयोग गर्ने गरेको खुलेको छ । विश्वभाषा क्याम्पसमा अध्ययनरत तान्जेनियाली गट्र्युड लियोनार्द किमोर दुई किलो ९ सय ६६ ग्राम कोकिनसहित पक्राउ परेपछि यो तथ्य खुलेको हो ।
लागुऔषध नियन्त्रण ब्युरोले उनलाई भारततर्फ भाग्दै गर्दा गत ९ भदौमा सिन्धुलीको खुर्कोटबाट पक्राउ गरेका थियो । ब्युरोका अनुसार उनी प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा नेपाली भाषा अध्ययनरत छिन् । गत फेब्रुअरीमा क्याम्पस भर्ना भएकी उनी स्टुडेन्ट भिसामा दुई वर्षदेखि नेपाल बस्दै आएकी थिइन् । क्षेत्रपाटीमा प्रतिमहिना २० हजार रुपैयाँ फ्ल्याट भाडामा लिई बस्दै आएकी उनी ०१९ मा टुरिस्ट भिसामा पहिलोपटक नेपाल आएकी थिइन् । टुरिस्ट भिसाको म्याद अवधि सकिएपछि उनले स्टेुडेन्ट भिसा लिएकी थिइन् । त्यसयता लगातार नेपाल बस्दै आएकी उनले लागुऔषध कारोबारमा विशेषगरी ‘एन्टी सर्भिलेन्स’को भूमिका निभाउने गरेको प्रहरीले जानकारी दिएको छ ।
‘उनी विगतमा पनि लागुऔषधको कारोबारमा संलग्न भएको देखिन्छ । उनको भूमिका ‘एन्टी सर्भिलेन्स’को देखिएको छ । लागुऔषधसहित आएका भरियाका पछि प्रहरी छ–छैन ? त्यसको सूचना संकलन गरेर माथि पठाउने उनको काम हो । अहिले बरामद भएको दुई किलो ९ सय ६६ ग्राम कोकिन कारोबारमा उनी त्यही भूमिका थिइन्,’ ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठले भने nayapatrika