पर्वतमा एकै दिन दुई स्थानमा चितुवाद्धारा आक्रमण ः लेखफाँटमा एकै परिवारका दुई भाई र भुक देउरालिमा एक जना घाईते

पर्वतमा एकै दिनमा दुई स्थानमा चितुवाले आक्रमण गरेको छ । जिल्लाको उत्तरी भेग जलजला गाउँपालिका ५ लेखफाँटको टिमुरवोट र मोदी गाउँपालिकाको भुक देउरालिमा चितुवाले आक्रमण गरेको हो । जलजला गाउँपालिका ५ लेखफाँटको टिमुरवोटमा चितुवाको आक्रमण बाट एकै परिवारका दुई भाई घाईते भएका छन् । आक्रमणमा परि ३५ बर्षका नरबहादुर खत्री र उनको दाजु ४५ बर्षका थलबहादुर खत्री घाईते भएको स्थानिय बासिन्दा तथा जिल्ला समन्वय समिती पर्वतका सदस्य ओमप्रसाद रेग्मीले बताउनु भयो । शनिवार राति २ बजे र २५ मिनेट जाँदा चितुवाले घरमा पालेको कुकुरलाई आक्रमण गर्न लाग्दा कुकुर भागेर नरबहादुर र उनको जेठी छोरी सुतेको कोठामा पुगेपछि चितुवा पनि भित्र छिरेको थियो ।

ढोकामा इस्प्रीङ्ग जोडेका कारण ढोका लक भए पछि चितुवा र खत्री करीब १० मिनेट सम्म कोठा भित्र नै लढेर बसेको उनका दाजु थलबहादुर खत्री बताउनु भयो । उहाँले भन्नु भयो मेरो घर उसको घर मुनि छ, कोठा भित्र भाई र चितुवा लढिरहेको रहेछन्, अर्काे कोठामा सुतेका उनकाे श्रीमति र आमाले थाहा पाएपछि गुहार मागे, थाहा पाएर जाँदा ढोका खोल्ने क्रममा मलाई पनि आक्रमण ग¥र्याे ।
चितुवाको आक्रमण बाट नरबहादुरको टाउको, दाइने आँखिभौं, दाइने हात र देव्रे हातको काखी मुनि चोटपटक लागेको र थलबहादुरको टाउकोमा चोट लागेको रेग्मीले बताउनु भायो । घाईहरुको म्याग्दी सदरमुकाम बेनी स्थित वेनी अस्पताल म्याग्दीमा उपचार भै रहेको छ ।
त्यसै गरि पर्वत कै मोदी गाउँपालिका १ भुक देउरालिमा पनि चितुवा आक्रमणमा परि एक जना घाई भएका छन् । ७४ बर्षका बुद्धिबहादु गुरुङ्गलाई घर देखि २०० मिटर टाढा भैसी चराउन जाँदा आईतबार बिहान ९ बजे र ३० मिनेट जाँदा चितुवाले आक्रमण गरेको हो । उनको नयाँपुलस्थित स्थानिय मेडिकल मा उपाचार भई रहेको जिल्ला प्रहरी कार्यालय प्रर्वतले जनाएको छ ।

You can share this post!

दरवाङका स्थानिय युवाहरुले गरे मोटरेवल पुलको सरसफाई

दुई हजारमा नै अब सबै ल्याबमा पीसीआर टेष्ट

Related posts