बि.एस.आर मास मिडिया प्रालिद्धारा बिगत १ बर्ष देखि सञ्चालनमा आएको जनसन्देश डट.कमको बुधाबार विधिवत रुपमा कार्यालय उद्धघाटन गरीएको छ । म्याग्दी सदरमुकाम बेनीको इन्द्रेणी टोलमा स्थापना गरीएको उक्त कार्यालयको नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्काले उद्घाटन गर्नु भएको हो ।
कार्यालयको उद्घाटन गर्दै उहाँले पत्रकारको कलम कसैको आँखाको कसिंगर बन्न नहुने बताउनु भयो । उहाँले ब्यक्ती ब्यक्तीले अनलाईन सञ्चार माध्यम खोल्दै आएको र भ्रमित समाचार आउने गरेकाले बास्तबिक सुचना सम्प्रेसण गर्ने अनलाइन माध्यमहरु पनि आलोचित बन्दै जानु परेको बताउनु भयो । पाठक बर्गले समाजमा रहेका वास्तबिक खोजमुलक समाचारहरु बढी मात्रामा खोजिरहेको बताउँदै खोजमुलक पत्रकारीता गर्नु पर्ने उहाँको भनाइ थियो ।
त्यसैरी अनलाइनका सम्पादक अमित विश्वकर्माले सबै पक्षलाइ समेटेर सत्य तथ्य समाचारहरु प्रकासन गरिने बताउनु भयो । कसैको पक्ष र विपक्षमा भन्दा पनि समाजीक हितमा अनलाईनले काम गर्ने बताउनु भयो । बि.एस.आर मास मिडिया प्रालिका अध्यक्ष बिमल रिजालको अध्यक्षता अलाइनका सञ्चालक सन्दिप शर्मा रिजालको सञ्चालन र सम्पादक विश्वकर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।