उवासंघ म्याग्दीद्धारा स्थानीयतह, बेनी अस्पताल, पत्रकार महासंघ र बालगृहलाई स्वाथ्य सुरक्षा सामाग्री सहयोग

हिमाली जिल्ला म्याग्दी स्थीत निजी क्षेत्रका उद्योगी तथा ब्यवसायीहरुको आधिकारीक छाता संगठन उद्योग बाणिज्य संघ म्याग्दीले जिल्ला भित्र रहेका ६ वटै स्थानीय तहहरु सहित बेनी अस्पताल, नेपाल पत्रकार महासंघ म्याग्दी शाखा र वालगृहमा स्वाथ्य सामाग्री हस्तान्तरण गरेको छ ।
संघ स्थापना भएको ५० औं बर्ष पुगेको अबरमा कोरोना महामारी नियन्त्रणका लागी बेनी अस्पताल, जिल्लाको ६ वटै स्थानीय तहहरु, बालगृह र नेपाल पत्रकार महासंघलाई १ लाख ६७ हजार रुपैयाँ बराबरको स्वाथ्य सामाग्री हस्तान्तरण गरीएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनु भयो ।

नेपालमा तेस्रो भेरीयन्ट समेत देखापरेको समाचारहरु बाहीरीन थालेपछि संघले स्वर्ण उत्सवको अवसरपारेर कोरोना महामारी नियन्त्रण गर्न फ्रन्टलाइमा बसेर काम गर्नेस्वाथ्यकर्मी , पत्रकार र अनाथ बालबालिका हरुको लागि माक्स, सेनिटाइजर लगाएतका स्वाथ्य समाग्री सहयोग गरेको संघका महासचिव अमित बानियाँले बताउनु भयो ।

यस भन्दा अगाडि संघले कोरोनाको पहिलो र द्रोस्रो भेरियन्टको बेलामा जिल्लामा कोरोनाका बिरामीहरुको उपचार गर्नका लागि चाहीने आइसुलेशन तथा कोभिड अस्पताल बनाउन समेत सहयोग प्रदान गर्दै आएको थियो । पहिलेको तुलनामा कोरोना संक्रमणदर कम भए पनि कोरोनाको जोखिम भने उच्च रहेको भन्दै स्वाथ्य सामाग्री हस्तान्तरण गरीएको संघले जनाएको छ ।

You can share this post!

लायन्स क्लब अफ बेनी माहारानिबाट बुद्ध विहार परिसरमा वृक्षरोपण

एमाले म्याग्दीको पालिका स्तरीय बैठक शुरु संगठित सदस्यता वितरणको कामलाइ तिब्रता

Related posts