लगातर परेको झरिका कारण गत एक हप्ता देखि अबरुद्ध बनेको बेनी दरवाङ सडक खण्ड सुचारु गर्नका लागि नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी वल परिचालन गरीएको छ । झरिका कारण बेनी नरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने गुमाउने भिरमा माथि बाट आएको रेलो सहितको बाढीले अवरुद्ध बनेको सडक आईतबार ट्रक्याक खोलेर मात्रै सुचारु गरीएको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले बताउनु भयो ।
त्यसै गरी मंगला गाउँपालिका २ सिममा म्याग्दी नदिले कटान गरेपछि अबरुद्ध बनेको सडकलाइ सुचारु गर्न नेपाल आर्मि, प्रहरी र सशस्त्र प्रहरीबललाइ परिचालन गरीएको अधिकारीले बताउनु भयो ।
आइतबार जिल्ला समन्वय समिती म्याग्दीका प्रमुख देबेन्द्रबहादुर केसी, प्रजिअ अधिकारी, सत्रुभञ्जन गुल्मका सेनानी रविन्द्र बुढाथोकी, नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक स्यामकुमार राई, सशस्त्र प्रहरी वलका सशस्त्र प्रहरी नायव उपरिक्षक हरिवहादुर गुरुङ सहित ६० जना सुरक्षाकर्मी अबरुद्ध सडक खुलाउन परिचालन भएका थिए । आज समेत थप १५ जना सुरक्षा कर्मीले मंगला गाउँपालिकाको सिममा सडक सुचारु गर्नका लागि ग्याविन, जालि भर्ने काम गरिरहेको र आज बेनी दरवाङ सडक खण्ड सुचारु गरिने प्रहरी नायव उपरिक्षक स्यामकुमार राईले बताउनु भयो ।
सडक अवरुद्ध भएपछि सदरमुकाम बेनी सँग धवलागीरि, मंगला र मालिका गाउँपालिकाको सडक सम्बन्ध विक्षेद बन्नुको साथै सरकारी काम, प्रकृतिक विपत्तीमा परेकाहरुको उद्दार कार्य र ग्रामीण भेगका विरामीहरुलाइ उपचार गर्न बेनी अस्पताल लैजान समेत समस्या भएको मंगला गाउँपालिकाका उपाध्यक्ष सृजना केसीले बताउनु भयो ।