रघुगंगाको प्रकोप ब्यवस्थापन कोषमा तिनचुली नेपालको सहयोग

म्याग्दीको उक्तरी भेगमा रहेको रघुगंगा गाउँपालिकामा कोरोना महामारी रोकथाम तथा नियन्त्रण स्थापन गरीएको प्रकोप व्यवस्थापन कोषमा तिनचुली नेलपाले आवश्यक स्वाथ्य समाग्री सहयोग गरेको छ । एमाले म्याग्दीका बालकृष्ण सुबेदी, रघुगंगा ३ पिप्ले घर भै हाल काठमाडौं बस्ने नेपाल प्रहरीका पुर्व एस.एस.पी. प्रेम मल्ल र एमाले केन्द्रीय सदस्य विजय गुरुङको पहलमा तिनचुली नेपालमार्फत गाउँपालिकाको प्रकोप वयवस्थापन कोषमा स्वाथ्य समाग्रही सहयोग गभएको रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुबेदीले बताउनु भयो ।
तिनचुली नेपाल मार्फत सेनिटाइजर, पीपीई, फेस सिल्ड, सर्जिकल माक्स, एन नाइन्टीफाइभ माक्स, सर्जिकल ग्लोब्स्, टव्स् ग्लोब्स् लगाएतको १ लाख ४२ हजार रुपैयाँ बराबरको स्वाथ्य सामाग्री सहयोग प्रर्दान भएको सुबेदीले बताउनु भयो ।

You can share this post!

रेडक्रस पुलाचौर उपशाखाको कोरोनाविरुद्ध सचेतना अभियान

सुनसान मुस्ताङ, कोभिडकै कारण होटल व्यवसाय धरासायी बन्दै

Related posts