म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीमा मात्रै बिहीबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिेजिन विधिबाट कोरोना संक्रमणको लक्षण देखिएका साथै कन्ट्रक्याक ट्रेसिङ्गमा परेका भगवतिका विभिन्न स्थानका २७ जना महिला र २१ जना पुरुषमा परिक्षण गर्दा ११ जना महिला र १० जना पुरुष गरेर २१ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत अमृत सुबेदीले बताउनु भयो ।
रघुगंगााको अन्य क्षेत्रमा कोरोना संक्रमणदर न्यूनिकरण गर्न सकिए पनि स्थानीयहरुको लापारवाहीका कारण भगवतिमा भने कोरोना संक्रमण भुसको आगो झैं सल्किन थालेको गाउँपालिकाले जनाएको छ ।
स्वाथ्य मापडण्ड पालना नगरी गाँउमा खेती किसानी गर्दा अर्म पर्म गर्दा पनि कोरोना संक्रमण म्याग्दी जिल्लाका ग्रामीण भेगमा बढ्दै जान थालेको छ। ग्रामिण भेगका जनताहरुले स्वाथ्य मापडण्ड पलना नगर्दा कोरोना संक्रण न्युनिकरण गर्न सकारी क्षेत्रबाट भएका प्रयासहरु पनि प्रभावकारी देखिएको छैन।