भुमेथान कृषि आमा समूहको नवनिर्मित भवनको उद्घाटन

पर्वत जिल्लाको उत्तरी भेग जलजला गाउँपालिका ५ लेखफाँटको ठुलाचौरमा रहेको भुमेथान कृषि आमा समुहको भवनको उद्घाटन गरीएको छ ।
जलजला गाउँपालिकाकाे २ लाख ५० हजार, जलजला ५ का बाबुराम कार्कीकाे २५ हजार, जलजला ४ फट्केढुङ्गाका लालबहादुर मल्लकाे २४ हजार, आमा समूहको ८१ हजार ४ सय र स्थानिय बासीकाे ६६ हजार ५ सय ९० रूपैया बराबरकाे जनश्रमदान गरी जम्मा ४ लाख ४६ हजार ९ सय ९० रुपैयाँ कुल लागतमा निमार्ण भएको उक्त भवनको जलजाला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल (रामकृष्ण) ले नयाँ बर्षको अवसर पारी उद्घाटन गर्नु भएको हो ।
नव निर्मित भवनको प्रांगणमा आमासमुहद्धारा आयोजना गरीएको एक कार्यक्रमको अवसरमा भवनको उद्घाटन गरीएको हो । भवनको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष मल्लले आफुले गाउँपालिका भित्र जनताको लागि अत्यावश्यक योजना र दिर्घकालिन योजना गरी दुई भागमा योजनाको बर्गीकण गरेर पालिकाको रकम विनियोजन गर्दै आएको बताउनु भयो । उहाँले पालिका भित्र रहेका सबै नागरीकलाइ समान व्यवहारका साथ सेवा प्रावह दिदै आएको बताउँदै नागरीकको सुरक्षाका निम्ती गर्नु पर्ने काममा कुनै पनि कसुर बाँकी नराखी पालिकाबाट काम भैरहेको बताउनु भयो ।


जलजला गाउँपालिकालाइ नगरपालिका बनाउन सिफारीस गरीएको भन्दै उहाँले नगरापालिका बनाउने कुरामा सबैको साथ सहयोग रहनु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै जलजाला गापा २ का वडा अध्यक्ष गोबिन्द प्रसाद खत्री, ३ का वडा अध्यक्ष देबेन्द्र बहादुर भण्डारी, ४ का वडा अध्यक्ष भिष्म मल्ल र वडा नंम्बर ५ का अध्यक्ष तिलक जिसीले जलजला गाउँपालिका भित्र रहेका योजनालाइ सफल बनाउनका निम्ती आफुहरु लागी परीहेको बताउनु भयो । पालिका भित्र सञ्चालन भएका योजनाहरुको अनुगमन गर्ने मुल्याङ्कन गर्ने सोही स्थानका नागरीकको पनि कर्तव्य र दायित्व भित्र रहेको भन्दै सबै नागरीकले योजनाका बारेमा जानाकारी राख्नु पर्ने बताउनु भयो ।


कार्यक्रम भुमेथान कृषि आमा समुहको अध्यक्ष सिता पौडेलको अध्यक्षता समूहको सदस्य रेखा आचार्यको स्वागत र सचिव भगवती पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा कोषाध्यक्ष जमुना रेग्मीले आर्थिक र सचिव पौडेलले प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

You can share this post!

एकजित रोकाको संयोजकत्वमा राष्ट्रिय युवासंघ म्याग्दीको तर्दथ समिती गठन

चर्चा बटुल्दै केसीको गित सिम फाँट

Related posts