म्याग्दीको विकट धवलागिरी गाउँपालिका ७ शिवाङ्गमा रहेको हेम माध्यामीक विद्यालयमा कम्युटर ल्याव स्थापना भए पछि विद्यार्थिमा खुसीयाली छाएको छ । विद्यालयमा नै भएको कम्युटर ल्यावमा नै बसेर अध्ययन गर्न पाउँदा आफुलाइ सहज भएको कक्षा १२ मा अध्ययन गर्ने छात्रा विन्दु रसाईले बताउनु भयो । कम्युटर खोल्न समेत नआउने हामीहरु अहिले वेसिक कोर्ष जानी सकेका छौं उहाँले भन्नु भयो ।
विद्यार्थिहरुमा कम्युटर सम्बन्धि सामान्य ज्ञान पनि छैन त्यसैले ६, ७ र ८ कक्षामा अध्ययन गर्ने विद्यार्थिहरुलाई कम्युटर कोर्षमा नै रहेको प्रोग्रामहरुको बारेमा र अन्य कक्षाका विद्यार्थीहरु लाइ शुरुमा क्षमता विकासका लागि वेशिक कोर्ष अध्यापन गराउँदै आएको विद्यालयका कम्युटर शिक्षक शिव फगामीले बताउनु भयो ।
रिपाेर्ट
https://www.youtube.com/watch?v=gXWlmNM_6MQ
गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाले उक्त विद्यालयलाइ नमुना विद्यालयका रुपमा समेत छनोट गरीसकेको छ । नमुना विद्यालयको रुपमा विद्यालय छनोट भएपछी गाउँपालीका मार्फत गत बर्षको बैशाखमा २५ लाख रुपैयाँ बजेटमा विनियोजन भइ कम्युटर ल्यावको स्थापना भएको विद्यालयका प्र.अ. सेर बहादुर केसीले बताउनु भयो । ल्याबमा रहेको प्रजेक्टरको प्रयोग गरेर विद्यार्थिहरु लाइ दैनिक कम्युटर क्लास अध्यापन गराउँदै आएको उहाँले बताउनु भयो ।
गाउँपालिका मार्फत उक्त विध्यालयमा सोही बर्ष नै ७ लाख रुपैयाँ बटेज विनीयोजन गरी लाइव्रेरी समेत स्थापना गरीएको छ । जिल्लाको सबै भन्दा दुर्गम गाउँपालिका रहेको धवलागिरी गाउँपालिमा कम्युटर खोल्न समेत नजान्ने विद्यार्थिहरु कम्युटर विषय अध्ययन गर्न पाउँदा भने निकै फुरुङ्ग देखिन्थे ।