कांग्रेस नेता जोशीको अवस्था गम्भीर

मस्तिष्क घात भई नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था थप गम्भीर बनेको छ ।
हाल उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले बुधबार बिहान प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
फागुन १४ गते अस्पताल भर्ना भएका नेता जोशीको स्वास्थ्यमा केही दिनको उपचारपछि सुधार आएको थियो । तर अवस्था पुनस् बिग्रिएपछि उनलाई भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

You can share this post!

धरापमा खच्चर व्यवसाय

फुलेन लालीगुराँस, फलेनन् चुत्रो र ऐँसेलु

Related posts