गलेश्वरमा ट्याक्सी दुर्घटना, बच्चा सहित ५ जना घाइते

म्याग्दीको बेनपा ९ गलेश्वरमा ट्याक्सी दुर्घटना हुदाँ कुश्म नगरपालिका २ बाट गलेश्वर शिवालय मन्दिरमा पुजा गर्न आएका बच्चा सहित ५ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा कुश्म नगरपालिका २ का ६५ बर्षका पृश्वी नारायण शर्मा, बर्ष ४३ की सुनीता पौडेल, बर्ष ९ का हिमानसु पौडेल, बर्ष ३० की लक्ष्मी पौडेल र बर्ष ४ कि हिमानी पौडेल रहेको जिल्ला प्रहरीकार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक स्यामकुमार राईले बताउनु भयो ।
घाइतेहरुलाइ बेनी स्थाीत बेनीअस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागी पोखरा रिफर गरीएकोे छ ।
मन्दिरमा पुजा गरेर फर्किने क्रममा पार्कीङ्ग राखीएको ट्याक्सीमा रहेको ओट झिक्न चालक रमेश पौडेल गएका बेला ओट झिकी नसक्दै ट्याक्सी आफै गुड्कीएर पार्कीङ्ग स्थल बाट झण्डै करीब ३ सय मिटर जती तल खसेको जिल्ला प्रहरी कर्यालय म्याग्दीले जनाएको छ ।

You can share this post!

खेर गएको पानीको सदुपयोग गरी सामुदायिक स्वाथ्य केन्द्र सञ्चालन

गलेश्वरधाममा भक्तजनको घुइँचो

Related posts