इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु , तीन घाइते

म्याग्दी, फागुन १४। म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३, घुइठे भीरमा इको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन । वडा नम्बर ३ सुकेबगरबाट नारच्याङ तर्फ जादै गरेको बा ६च४६४४ नम्बरको भ्यान बेनी–जोमसोम सडक अन्तर्गत गुइठे भीरबाट दुर्घटना हुँदा चालक सोही गाउँपालिका ४, निवासी ४० वर्षीया सुनदेवी गौचनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भुरुङ तातोपानीका सहायक प्रहरी निरीक्षक रमेश प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते हुनेहरूमा वडा नम्बर ४ घरापकी ५२ वर्षीया बिष्णु बुढाथोकी , अन्दाजी ४० वर्षीया नमिता चोचाङ्गी र अन्दाजी ५० वर्षीया रुपा पुन घाइते हुनुभएको छ ।घाइते तीन जनाको उद्धार गरेर उपचारका लागी पोखरा पठाइएको छ । घाइतेहरुको टाउको, खुट्टा लगायत शरीरका विभिन्न अङ्गमा चोट लागेको छ ।

उक्त भ्यान नारच्याङ स्थित शिवालय मन्दिरमा पुजाको लागी जादै थियो। बुधबार बिहान करिब सवा ११ बजेको समयमा दुर्घटना भएको भ्यान सडकदेखि करिब ५० मिटर तल कालीगण्डकी खोलामा खसेको छ । अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा वडाका जनप्रतिनिधि ,नेपाल प्रहरी , सशस्त्र , अनुसन्धान लगायत स्थानीयबासीले उद्धार गरेका छन् । उक्त घटना पछि यता प्रथम तरुण कप भलिबल प्रतियोगिता स्थगित गरिएको आयोजकले जनाएको छ ।

You can share this post!

वन डढेलो सचेतना सप्ताह समापन

रुम–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान

Related posts