रामबाबुले ल्याए मेरो जुठो खाईसीयो

म्याग्दी जिल्लाको मंगला गाउँपालिका ३ बरङ्जाका रामबाबुले मेरो जुठो खाइसीयो बोलको लोक गित बजारमा ल्याएका छन् । गाएनको क्षेत्रमा रुचि हुदाँ हुदै पनि विभिन्न समस्याका कारण बैदेशिक रोजगारीमा विदेशीएका रामबाबुले नेपाल फर्किए पछि नेपालमा नै बसेर व्यवसायीक कलाकारीताको क्षेत्रमा लाग्ने उद्धेश्यले गित बजारमा ल्याएका हुन ।

https://www.youtube.com/watch?v=DxRmz1kx7Eo
उनको आफ्नै शब्द तथा लयमा निमार्ण भएको उक्त गितको स्वरमा समिक्षा अधिकारीले साथ दिईएकी छिन् । काठमाडौंको राग स्टुडियो मार्फ रेकर्ड गरेर बाहीर ल्याइएको उक्त गीतमा म्यूजिकको एरेन्ज आकाश गौतमले गरेका छन् ।
मौसम हिमालको कोरीयोग्राफी रहेको उक्त गितमा चर्चित मोडेल अज्जली अधिकारी र गाएक तथा रचनाकार रामबाबु आफुले नै अभिनय गरेका छन् । यो गितमा केटा केटी बिचको माया लाइ गाडा तथा प्रगाढ बनाउनका लागि एक अर्काेमा जुठो खाने चलन रहेको र माया गाडा बनाउने विश्वासलाइ चित्रण गर्न खोजिएको छ ।

You can share this post!

जिपको ठक्करले सहपाठीको मृत्यु भएपछि जावलाखेलमा विद्यार्थीको प्रदर्शन

कोरोना खोप आए पनि घोडेपानी पुनहिलमा प्रर्यटक आएनन्

Related posts