अनेरास्ववियुको महाधिवेशन चैत मसान्तभित्र गर्ने निर्णय, फागुन १५ मा स्ववियु चुनाव सम्पन्न गर्न माग

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आगामी चैत मसान्त भित्रमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

१२ औं सचिवालय बैठकले चैत मसान्तभित्र २४ औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले बताउनुभयो । मिति भने पछि तोकिनेछ ।

त्यस्तै, अनेरास्ववियु केन्द्रीय कमिटी बैठक चौथो आगामी माघ ६ देखि ८ सम्म काठमाडौंमा हुने निर्णय भएको पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै, त्रिविले तोकेकै मिति फागुन १५ गते स्ववियु निर्वाचन सम्पन्न गराउन पनि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरि दबाब सिर्जना गर्ने निर्णय गरिएको पौडेलले बताउनुभयो ।

 

You can share this post!

बेनी नगरपालिका भलिबल संघ गठनः अध्यक्षमा रन्जित बानियाँ

म्याग्दीका पत्रकारको १० लाखको दुर्घटना बिमा र पत्रकारीता पाठशाला स्थापना

Related posts