कास्कीको पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि म्याग्दीले जितेको छ । शनिबार पोखरा रङ्गशालामा सम्पन्न प्रतियोगितामा प्रतिस्पर्धी पर्वतलाई ३–० को सोझो सेटमा पराजित गर्दै म्याग्दी विजेता बनेको हो ।
फाइनल खेलमा म्याग्दीले २५–१४, २५–१५ र २५–१७ को अन्तरमा पर्वतलाई उपविजेतामा सीमित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै म्याग्दीले नगद २ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको पर्वतले १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।