मुस्ताङको बोक्सी खोलामा हिम पहिरो खस्यो,आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मुस्ताङको थासाङ गाउँपालिका २ बोक्सी खोलामा हिमपहिरो खसेको छ । कोवाङमाथि धौलागिरी आइसफल नजिकै हिमपहिरो खसेको हो । हिमपहिरोले पुरिएर बोक्सीखोला थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।

दिउँसो दुई बजे बोक्से खोला थुनिएको जानकारी आए लगत्तै निरीक्षणमा पुग्दा हिमपहिरो खसेको देखिएको उहाँको भनाइ छ । ‘तल खोला बन्द भाको कारणले के कारणले बन्द भयो भनेर आउँदा माथि हिमपहिरो खसेको रहेछ’, ‘पूरै हिमपहिरो तल खसेको पनि छैन, नदीचाहिँ थुनिएकै अवस्थामा छ’ उहाँले भन्नुभयो ।

हिमपहिरो खसेपछि बोक्सी खोलाको तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । खोला थुनिएपछि तीनवटै सुरक्षा निकायलाई सतर्क राखिएको पनि प्रजिअ पन्तले बताउनुभयो । अहिले असी प्रतिशत थुनिएको र बीस प्रतिशत मात्र खोलामा पानी बगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

 

 

 

 

 

You can share this post!

मिना परियारको हत्या गर्नेलाई कारबाहीको मागः निरन्तर संघर्षका कार्यक्रम गरिदै

मुस्ताङमा हिमपहिरोले थुनिएको खोलाको पानी बग्न थाल्यो

Related posts