सौर्य एयरलाईन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्य

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । उनीहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।’ बुधबार करिब ११ :११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।

उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिररहेको स्थानमा दुर्घटना भएको थियो । दुर्घटना भएको जहाजले विमानस्थलमा राखिएको एक कन्टेनरलाई ठक्कर दिँदै बजारिएको तल भुईँमा बजारिएको थियो ।

You can share this post!

त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना आगो निभाउने प्रयास जारी, यात्रुहरू जोखिममा

जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

Related posts