म्याग्दीमा धान दिवस मनाइयो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित ठूलोखोलामा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना, ठूलोखोला महिला कृषक समुहको ब्यवस्थापनमा धान दिवस र रोपाइँ महोत्सव मनाइएको हो ।

‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारासहित धान उत्पादक किसानहरुको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको दिवसमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, बेनी नगरपालिकाकी उपमेयर ज्याति लामिछाने, जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पोखरेल, राष्ट्रिय अनुसन्धानका प्रमुख सविन श्रेष्ठ, वडा नं ४ का वडा अध्यक्ष अणबहादुर खड्का लगायतको उपस्थिती रहेको थियो ।

कृषि पेशामा सक्रिय रहेकालाई लागत अनुसारको प्रतिफल दिने गरी रैथाने बिउको संरक्षण गदैं उन्नतजातका विउको प्रयोग गरी उत्पादन बढाउने गरी योजना बनाइएको बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेको भनाई छ ।

खाद्यान्न बालीमध्ये एक मानिने धानको उत्पादन बढाउन र किसानहरुलाई प्रोत्साहन तथा हौसला प्रदान गर्नको लागि नेपालमा २०६१ सालदेखि राष्ट्रिय धान दिवसको रुपमा असार १५ गतेको दिनलाई मनाउने गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताउनुभयो ।

पछिल्लो समय गाउँघरमा गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि किसानहरु मिनी टेलर हलो अर्थात् हाते ट्याक्टरप्रति आकर्षित भएका छन् । धान रोप्नको लागि अहिले देशैभर ट्याक्टरको प्रयोग बढ्दै गएको पाइन्छ ।

 

You can share this post!

मदन भण्डारीको जन्म–जयन्तीः वक्तृत्वकलामा बेनी सामुदायिकका पौडेल प्रथम

बेनीमा कोसेली घर सञ्चालनः स्थानीय उत्पादनका सम्पूर्ण सामग्री पाईने

Related posts