म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले जिल्ला स्थित सबै सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गरेर जिल्लाको शान्ति सुरक्षालाई थप मजबुत बनाउने बताउनुभयो ।आइतबार पत्रकारहरुसँगको भेटमा प्रनाउ श्रेष्ठले सो कुरा बताउनुभएको हो ।
प्रनाउ श्रेष्ठले आफ्नो कार्यकालमा अपराध,लागुऔषध दुव्र्यसनी नियन्त्रण,सुशासन,साइबर अपराध नियन्त्रण ,कार्यालयको सेवा प्रवाहलाई थप सरल बनाउने, ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिएर काम गर्ने योजना सुनाउनुभयो ।
बेनी बजारभित्रको एकतर्फी यातायात सञ्चालनलाई व्यवस्थित बनाउने,सामाजिक सञ्जाललाई दुरुपयोग हुन नदिन र भ्रमपुर्ण प्रचारप्रसारलाई निरुत्साहित गर्न निगरानी बढाइने उहाँको भनाइ थियो ।
जिल्ला स्थित सबै प्रहरी कार्यालयलाई आवश्यक जग्गा व्यवस्थापन र भवन निर्माणका लागि स्थानीयबासी, स्थानीय, प्रदेश र संघ सरकार समक्ष समन्वय र पहल गर्ने उहाँले बताउनुभयो । युवायुवतीहरुलाई लागुपदार्थ दुव्र्यसनीमा फस्न नदिन अभिभावकहरुलाई समेत अभिमुखिकरण गराइने उहाँले योजना सुनाउनुभयो ।