मल्लाजको दहमा दम्पतीको हत्या

पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दहमा गएराती एक दम्पतीको हत्या भएको छ । अज्ञात समूह÷व्यक्तिबाट वर्ष ६८ का सुर्य बहदुर जिसी र उहाँकी श्रीमती अन्दाजी बर्ष ६५ कि गमला जिसीको हत्या गरिएको हो ।

उनिहरुको गएराती घर भित्र सुतिरहेको अबस्थामा हत्या भएको र आज बिहान घरभित्र नै मृत्त अबस्थामा भेटिएको वडा अध्यक्ष प्रकाश जिसिले जानकारी दिनुभयो ।

वडा अध्यक्ष जिसीका अनुसार घरमा जिसी दम्पती मात्र बस्दै आउनु भएको थियो । घटनाको जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय पर्वतको टोली घटना स्थल पुगेको छ । घटनाको थप विवरण आउन वाँकी छ । घटनाको वारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अहिले घटना स्थलमा स्थानीयको वाक्लो उपस्थिति रहेको छ ।

You can share this post!

धवलागिरीका अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र र सहायता सामग्री वितरण

बेनी बचतद्धारा शेयर सदस्यलाई सहकारी शिक्षा

Related posts