म्याग्दी उद्योग वाणिज्य संघको साधारणसभाः हितकोषमा २ लाख सहयोग पत्रकार लगायतलाई सम्मान

म्याग्दी । नीजि क्षेत्रको छाता संस्था म्याग्दी उद्योग बाणिज्य संघले स्थापना गरेको हितकोषमा दुई लाख सहयोग प्रदान गरिएको छ ।
शनिवारदेखि बेनीमा सुरुमा भएको संघको ३० औँ साधारणसभा तथा १२ औँ अधिवेशनको अवसरमा बेनी नगरपालिका–७ मा रहेको धर्म नारायण ईन्टरप्राईजेजका संचालक तथा संघका बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका सुविन श्रेष्ठले कोषलाई एक लाख सहयोग गर्नुभएको हो ।

त्यस्तै महिला उद्यम विकास समिति म्याग्दीले पनि गत पौष २९ देखि माघ दुई गते सम्म बेनीमा संचालन गरिएको १० औँ माघेसंक्रान्ति मेलाबाट बचेको रकम मध्य रु १ लाख रुपैयाँ कोषलाई प्रदान गरेको हो ।

धर्मनारायण ईन्टरप्राईजेजका संचालक श्रेष्ठ र महिला उद्यम विकास समितिकी सभापति अम्विका श्रेष्ठले संघका अध्यक्ष बेल बहादुर कटुवाललाई प्रदान गर्नुभएको थियो ।

हितकोषबाट संघमा दर्ता भएका जिल्लाका ब्यवसायीहरुलाई आईपरेको आपतकालिन अवस्थामा सहयोग गर्दै आईएको छ । प्राकृति प्रकोपका कारण व्यवसायमा क्षति, संचालकको मृत्य तथा संचालकको परिवारको मृत्युको अवस्थामा समेत राहत स्वरुप कोषबाट रकम प्रदान गर्दै आईएको संघले जनाएको छ ।

साधारणसभाको अवसरमा संघले सम्पूर्ण गतिविधि समेटेर निरन्तर प्रकाशन गर्दै आएको सातौँ सस्करणको स्मारिका समेत महासंघका अध्यक्ष ढकालद्वारा विमोचन गरिएको छ ।

संघले पत्रकारिताको माध्यमबाट जिल्लाको पर्यटन तथा उद्यम विकासका लागि योगदान पु¥याएको भन्दै नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष पकाश पौडेल, बेनीबाट प्रकाशन हुने नवविकल्प साप्ताहिका र विकल्प न्युजका संचालक ठाकुर प्रसाद आचार्य (शिव) र समृद्ध साप्ताहित तथा म्याग्दी अनलाईनका प्रकाशक कमल खत्रीलाई दोसल्ला र सम्मान पत्र द्वारा सम्मान गरेको छ ।

त्यस्तै निवर्तमान अध्यक्ष उत्तम कुमार कर्माचार्य, उत्कृष्ट कृषि उद्यमीको रुपमा उमादेवि पुन, उत्कृष्ट व्यवसायीतर्फ लामा कुदापका संचालक राजन लामा, पौलस्त्य इलेक्ट्रिकल्सका संचालक हरिलाल खत्री, दुग्धजन्य पदार्थ उत्पादनबाट ढुंगाना कृषि फार्मका संचालक सुरेश ढुंगाना, बस्तुगत संघबाट म्याग्दी टेलरिङ व्यवसायी संघलाई पनि सम्मान गरिएको महासचिव अमित बानियाँले जानकारी दिनुभयो ।

त्यस्तै म्याग्दी बहुमुखि क्याम्पसबाट उत्कृष्ट अंक सहित स्नातक तह उतिर्ण गर्न सफल छात्रा लिल कुमारी पुर्जा र छात्र प्रविण पौडेललाई पनि नगद ५ हजार सहित सम्मान गरिएको छ ।

संघको मालिका र धवलागिरी बजार इकाई उत्कृष्ट इकाईको रुपमा घोषित भएका छन । सौन्दर्य कला व्यवसायी संघ र म्याग्दी मुद्रण संघले वस्तुगत सदस्यता प्राप्त गरेका छन । त्यस्तै व्यवसायी समुन श्रेष्ठले आजिवन सदस्यता लिनुभएको छ ।

त्यस्तै सातौँ म्याग्दी महोत्सवबाट टिकट विक्रीवापत छुट्टयाईएको रकम नेपाल बाल संगठनलाई रु १५ हजार सहयोग प्रदान गरिएको थियो । त्यस्तै महोत्वसमा सहयोगी संस्थाको रुपमा रहि सघाएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीलाई २० हजार र राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीलाई १५ हजार रुपैयाँ संस्थागत विकासका लागि सहयोग प्रदान गरिएको छ ।

कार्यक्रममा हितकोषमार्फत व्यवसायीहरुलाई सहयोग हस्तान्तरण समेत गरिएको थियो । साधारणसभा संघका अध्यक्ष बेल बहादुर कटुवालको अध्यक्षता तथा स्वागत र महासचिव अमित वानियाँको संचालनमा सम्पन्न भएको थियो । नयाँ नेतृत्व चयनका लागि यो समाचार तयार गर्दा सम्म सहमतिको प्रयास भईरहेको जनाईएको छ ।

You can share this post!

म्याग्दीका प्रकाश पुन हङकङका लागि नेपाली पर्यटन दूतमा नियुक्त

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी श्रेष्ठ चयन

Related posts