बेनी खानेपानी संस्थाको २४ औँ वार्षिक साधारणसभा (तस्विरहरु)

बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४ औँ वार्षिक साधारणसभा तथा ११ औँ अधिवेशनको आइतवार प्रतिनिधिसभा सदस्य खम्विर गर्वुजाले उद्घाटन गर्नुभएको छ ।

संस्थाले हाल सम्म ११ सय १४ नीजि धाराबाट बेनी बजार र आसपासका २२ हजार जनसंख्यालाई २४ सै घण्टा स्वच्छ पानी उपलब्ध गराउँदै आएको छ । संस्थाका सचिव राजेन्द्र कुमार श्रेष्ठले वार्षिक प्रगति र कोषाध्यक्ष टंक हमालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाको गत आर्थिक वर्षमा आम्दानी २ करोड ६१ लाख ९८ हजार ३ सय ७४ र खर्चतर्फ २ करोड ४६ लाख ७३ हजार २ सय ८६ रहेको कोषाध्यक्ष हमालद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै संस्थाले गत आर्थिक वर्षको ८७ लाख ८८ हजार ८ सय ९१ रुपैयाँ नगर विकास कोषलाई तिर्न बाँकी रहेको जनाएको छ ।

कार्यक्रममा बेनी नगर प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, संस्थाका पूर्व अध्यक्ष हरिकृष्ण श्रेष्ठ, सुवास कुमार श्रेष्ठ लगायत विभिन्न संघ, संस्था तथा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको छ । संस्थाको नयाँ नेतृत्व समेत आजै चयन हुने बताईएको छ ।

You can share this post!

कुहुँमा साल्ट ट्रेडिङको सचेतनामुलक कार्यक्रम

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा रमेश गिरी

Related posts