डडुवामा भण्डारीको अध्यक्षतामा ५५ सदस्यीय युवा संघ टोल कमिटी गठन

म्याग्दीको बेनी नगरपालिका ५ डडुवामा दिर्घ बहादुर भण्डारीको अध्यक्षतामा ५५ सदस्यीय राष्ट्रीय युवा संघ नेपालको टोल कमिटी गठन भएको छ । समितीको उपाध्यक्षमा प्रविन रसाइली, सचिवमा सागर बानियाँ, सह–सचिवमा विनोद भण्डारी र कोषध्यक्षमा रञ्जु विक सहित ५५ सदस्यीय टोल कमिटी गठन भएको यूवा संघ म्याग्दीका नेता विजय घर्ती मगरले बताउनु भयो ।


कमिटी गठन कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपा म्याग्दीका सचिवालय सदस्य सुरज केसीले युवाहरु समाज परिवर्तनको संवाहक भएको बताउँदै युवाहरु नेतृत्व लिनका लागि अगाडि बढ्नु पर्ने बताउनु भयो । उहाँले युवा पुस्ताहरुले यतिवेला नेतृत्वको जिम्मेवारी लिएर देश र जनताको लागि बलिदान दिन तयार हुनुपर्ने बताउनु भयो । त्यसैगरी अनेरास्ववियूका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष सुबास विश्वकर्माले देशमा राजनैतिक अस्थिरता निम्त्याउन र जनतामा भएको विकासको आशामा पार्टी भित्रैका केही नेताले तुसरापात गर्न थाले पछि प्रधानमन्त्रीले बाध्य भएर संसद विघटन गर्नु परेको बताउँनु भयो । संवैधानिक आयोगमा रिक्त रहेका पदमा पदपूर्ति गर्ने देखि सरकार सञ्चालनका काममा नै पदको बाँडफाँडको हिसाब किताब गर्न थाले पछि प्रधानमन्त्रीले संसद विघटन गर्न बाध्य भएको बताउनु भयो ।
त्यसैगरी युवा संघ म्याग्दीका नेता विजय घर्तीमगरले गाउँगाउँ र टोल टोलमा युवा संघ गठन गर्ने अभियान आफुहरुले सञ्चालन गरेको बताउँदै अब टोल टोलमा युवा संघ गठन गरीने बताउनु भयो । कार्यक्रम युवा संघ नेपाल म्याग्दीका पुर्व सचिव दिनेश कार्कीको अध्यक्षता, युवा संघ डडुवाका नेता सन्दिप भण्डारीको सञ्चालन र अनेरास्ववियू म्याग्दीको सदस्य उदय दर्जी तथा नेकपाका स्थानिय नेता तोकबहादुर कार्कीको स्वागतमा मा सम्पन्न भएको थियो ।

You can share this post!

शेयर बजारः ४१ अंकले बढ्यो नेप्से, ६ अर्ब ३२ करोड बढीको कारोबार

छिचोलियो अजिङ्गर भिर, पहाड काटेर सडक सञ्चालन भए पछि स्थानियबासीमा खुसियाली

Related posts