शेयर बजारः ४१ अंकले बढ्यो नेप्से, ६ अर्ब ३२ करोड बढीको कारोबार

शेयर बजार परिसूचक नेप्सेले २२ सय विन्दु पार गरेको छ ।
पछिल्लो एक महिनादेखि पटक–पटक रेकर्ड तोड्दै आएको नेप्से आइतबार ४१ दशमलव २४ अंकले बढेर २ हजार २ सय ३५ दशमलव ७२ विन्दुमा पुगेको छ ।
आइतबार जीवन बीमाबाहेक अरू सबैजसो समूहको शेयर बढेको छ । बैंक समूहको शेयर ५९ अंकले, विकास बैंकको ८८ अंकले, व्यापारको ७८, होटलको २०, जलविद्युतको १६, उत्पादनको २५ र माइक्रोफाइनान्स समूहको शेयर २१ अंकले बढेको छ ।
आइतबार दुई सय सात कम्पनीका एक करोड ५० लाख ३० हजार कित्ता शेयर ६ अर्ब ३२ करोड ६६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंकको ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

You can share this post!

अमेरिकी संसद भवनमा हतियारसहित आक्रमण, १ जनाको मृत्यु, वासिङ्टनमा कर्फ्यु

डडुवामा भण्डारीको अध्यक्षतामा ५५ सदस्यीय युवा संघ टोल कमिटी गठन

Related posts