बहिरा स्रोत कक्षालाई मुक्तिनाथ सहकारीको सहयोग

बेनी । म्याग्दीको बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लि.ले १६ औ स्थापना दिवस मनाएको छ । वि.स. २०६५ मंसिर २९ गते स्थापना भएको सहकारीका संस्थापक हिरा बहादुर केसीको १४ औ स्मृति दिवस पनि सँगै मनाएको छ ।

बेनी नगरपालिका–४ सिंगामा रहेको धवलागिरी मा.विमा सञ्चालित बहिरा स्रोत कक्षामा अध्ययन गर्ने फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा र १–५ तहका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर स्थापना दिवस मनाएको सहकारीका अध्यक्ष लीलाराम गौतमले जानकारी दिनुभयो ।

३२ हजार मुल्य बराबरको शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको अध्यक्ष गौतमले बताउनुभयो । अध्यक्ष गौतम, सल्लाहकार सेरबहादुर केसी, स्वर्गीय केसीकी श्रीमति तथा सहकारीका सल्लाहकार देवी केसी लगायतले विद्यालयका प्रअ र शिक्षकहरको उपस्थितिमा शैक्षिक सामग्री वितरण गर्नुभएको थियो ।

 

You can share this post!

मेलमिलाप केन्द्र र न्यायिक समितिप्रति विश्वास बढाउनुपर्नेमा जोड

रघुगंगामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन

Related posts