कोरोना संक्रमण बढेपछि बेलायतमा पुनः लकडाउन घोषणा गरिएको छ।
प्रधानमन्त्री बोरिस जोन्सनले देशमा कोरोना संक्रमण लगातार बढिरहेकोले देशव्यापी लकडाउन गरिएको बताउनुभएको छ । उहाँले नागरिकलाई घरैमा बस्न आग्रह गर्नुभएको छ ।
योसँगै मंगलबारदेखि नै शैक्षिक संस्थाहरु अनलाइनमाध्यमबाटै सञ्चालित हुनेछन्। अत्यावश्यकबाहेकका काममा घरबाट बाहिर ननिस्कन भनिएको छ। शारीरिक अभ्यास, मेडिकल सहायता र घरेलू हिंसाबाट बच्न भने घरबाट बाहिर निस्कन सक्ने जनाइएको छ। यो प्रतिबन्ध फेब्रुअरीको मध्यसम्म लागू हुने जनाइएको छ।