ओलि पक्षका नेता भन्छन् प्रचार युद्धको पछि नलागौं ओलिको लाल किल्ला हो म्याग्दी

शनिवार बेनीमा भएको नेकपा ओलि पक्षका कार्यकर्ताको भेलामा पूर्व एमालेका ९५ प्रतिशत र पूर्व माओवादीका ३० प्रतिशत भन्दा वढी कार्यकर्ताको उपस्थिती देखिन्थो । करीब ३ सय जना जिल्ला भित्रका अगुवा कार्यकर्ता को उपस्थिती रहेको उक्त भेलामा बाहीर मिडियामा भएको प्रचार जस्तो ओलि पक्ष कमजोर नभएको र ओलि पक्षको नेकपाको लाल किल्ला म्याग्दी भएको ओलि पक्षका नेताले दावि गरेका छन् ।
सोही भेलामा प्रमुख अतिथिका रुपमा थिए ओलि पक्षका केन्द्रीय सदस्य गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ । मन्त्री गुरुङले भेला लाइ सम्वोधन गर्दै प्रधान मन्त्री केपी शर्मा ओलि जनताको र राष्ट्रीयताको पक्षमा रहेको बताउनु भयो । उहाँले देशलाई संकट निम्त्याउन का लागि बहुमतको दम्भ देखाएर जनताले विश्वास गरेका प्रधानमन्त्री ओलिलाई सरकार सञ्चालनमा पटक पटक माधव नेपाल र प्रचण्ड समुहले दुख दिएको बताउनु भयो । पार्टीको कार्यकारी पदको जिम्मेवारी दिदाँ पार्टी एकीकरणका काम सक्नु पर्ने ठाउँमा उल्टै प्रधानमन्त्रीको टाउको ताक्ने प्रचण्डको प्रवृतिले प्रधानमन्त्रीले राम्रो सँग काम गर्न नपाएको गुरुङले बताउनु भयो ।
उहाँले संसदीय दलको नेता सँग छलफल नै नगरी कुन्ठा, पदको मोह, लोभ लालच र जनभावना विपरीत प्रधानमन्त्रीमाथी अविश्वाशको प्रस्ताव पेश गर्न लागे पछि बाध्य भएर जनतामा नै ताजा मतका लागि मध्यावधीक चुनावको मिती सहित संसद विगठन गर्नु परेको बताउनु भयो । यदि प्रधानमन्त्री हुन मन छ र लोभ छ भने जनताविचमा गएर मत ल्याउन र प्रधानमन्त्री हुनलाई प्रचण्ड लाई बाटो खुल्ला ओलिले गरेको बताउनु भयो । जनताले स्थिर सरकार चाहेका हुन् भाग वण्डाको सरकार हैन । प्रधानमन्त्रीलाइ पटकपटक भागवण्डाको कुरामा अल्जायर जनताको पक्षमा काम गर्न नैै नदिए पछि त्यसको परिणाम जनताले नै दिनेछन् भनेर ओलिले जनताको पक्षमा संसद विघटन गर्ने निर्णय गरेको उहाँले बताउनु भयो ।
कार्यक्रममा वोल्दै नेकपा केन्द्रीय सदस्यहरु वालकृष्ण काउचा, थममाया थापा र भुपेन्द्र बहादुर थापाले जनताको पक्षमा सरकारले काम गरेको तर पार्टी भित्र बाट नै सरकारले गरेका राम्रा काम असफल बनाउन लागेका कारण जनताहरु निराश बन्न परेको बताउनु भयो । आफ्नै स्रोत र साधनको प्रयोग गरेर पहिलो पटक नेपालको चुच्चे नक्शा निश्काशन, सगरमाथाको हाइट नाप्ने जस्ता ऐतिहाँसिक काम पनि यहि सरकारको पालामा भएको बताउनु भयो । सरकारले जनअपेक्षा अनुरुप काम गर्न थालेपनि विकास विरोधीहरुले मिडियाको प्रयोग गरेर सरकारलाइ खुइल्याउन खोजेको बताउनु भयो । त्यस्तै नेकपा म्याग्दीका नेता तथा केन्द्रीय सदस्य नवराज शर्मा, नरदेखि पुन, सन्तोष रावलले म्याग्दीमा पछील्लो समय मिडियाका प्रयोग गरेर ओलि पक्षको नेकपा कमजोर भन्ने जस्ता कु तर्कहरु पेश भएको भन्दै मिडियामा समाचार लेख्दा पत्रकारहरुले यथार्थपर समाचार लेख्नु पर्ने बताउनु भयो । जनमत सहतिका धेरै नेकपाका नेताहरु आफुहरु समक्ष नै रहेको उहाँले बताउनु भयो । म्याग्दी जिल्ला केपी ओलि पक्षको नेकपाको लाल किल्ला रहेको बताउँदै उहाँले चुनावमा पनि यहि पक्षको विजयी हुनेमा दुइ मत नरहेको बताउनु भयो । ८ वुदे प्रस्ताव सहित नेकपा म्याग्दीका नेता तथा केन्द्रीय सदस्य प्रमोद श्रेष्ठले कार्यक्रमको समापन गर्नु भएको थियो भने कार्यक्रम नेकपा म्याग्दीका नेता तथा केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठको अध्यक्षता र सुरत केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

You can share this post!

अन्नपुर्ण ५ शिखका वडा अध्यक्ष दिनेश कुमार तिलिजाको निधन

कोरोना संक्रमण बढेपछि बेलायतमा फेरि लकडाउन घोषणा

Related posts