एनआरएनएको निर्वाचनमा रविना बलियो

काठमाडौं । आगामी अक्टुबर १९ मा हुन लागेको गैरआवासीय नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा अध्यक्षमा रविना थापा बलियो देखिएकी छन् ।

१० औं महाधिवेशनमा संघ भित्र देखिएको विवादका कारण थापा सहित कुल अचार्य र डा.बद्री केसी लाई अध्यक्ष चयन गरीएको थियो भने उनीहरु ६÷६ महिना कार्यकारी अध्यक्ष बनेर काम गरेका थिए ।

यसरी ६ महिना मात्रै कार्यकारी रुपमा अध्यक्ष बनेर संघको नेतृत्व गरेकी थापाले संघ भित्रको टुटफुट र गुटबन्दीलाई चिर्दै संघको वार्षिक साधारण सभा, विधान, सांगठनिक तथा आर्थिक प्रतिवेदन गतिविधिमाथि व्यापक छलफल गरेर सर्वसम्मतले अनुमदन गर्ने सफल भएकी थिईन् ।

यसले उनी सबैलाई मिलाएर लैजान सक्ने नेतृत्वका रुपमा स्थापीत भएको प्रतिनिधहरुको बुझाई छ । यो नै थापाको पहिलो जितको कारण रहेको महाधिवेशनका प्रतिनिधिहरु बताउँछन् ।

यसका साथै थापाले गैरआवसीय नेपाली नागरिकता बारेमा सरकार तथा विभिन्न राजनीतिक दलका सांसद तथा नेता र कानूनविद् संग छलपल गर्दै गरेको पहल पनि थापाले जित्ने दोस्रो आधार हो ।

यो बाहेक वैदेशिक लगानी न्युनतम ५ करोड बाट २ करोड कायम गर्न र नेपालमा लगानीको वातावरण बनाउन र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गराउन उनले देखाएको सक्रियताले रविनालाई काम गर्ने नेतृत्वका रुपमा स्थापित गराएको प्रतिनिधिहरु बताउँछन् ।

एनआरएनए को ११ औं माधिवेशनका लागि छनोट भएका प्रतिधिनिहरुसंग पुगेर हामिले कुराकानी गर्दा अधिकांशले अध्यक्षमा रविनाको नाम लिए पछि रविना नै किन भन्दै प्रश्न सोधेका थियौं ।

त्यसमा उनीहरुले सबैलाई मिलाएर लैजान सक्ने एनआरएनए भित्र रविना मात्रै भएको भन्ने कुरा संगको साधारण सभाले पुष्टि गरेको, मोबाइल ब्लड बस, शौचालय निमार्ण जस्ता संघका मेघा परियोजनाहरु ७ प्रदेशमा नै समान रुपमा वितरणगरेको, संस्था भित्र आर्थिक पादर्शितामा दिएको जोडदिएको, ९ औं राष्ट्रिय खेलकुद प्रतियोगीतामा एनआरएनका खेलाडी सहभागी गराई पदक समेत जिताउन सफल बनेको, बन्द ग्लोवल एनआरएनएको प्रकाशनको पुनः सुरुवात गरेको, नेपालको पर्यटन प्रवर्धनमा अभियान सञ्चालन गरेको र संघको केन्द्रीय कार्यालयमा समस्यामा परेका गैरआवासीय नेपालीहरुका लागि सहयोग गर्न २४ सै घण्टा हटलाइन सेवा शुरुवात गरेकोले रविनालाई एकपटक पुर्ण कार्यकाल अध्यक्षका रुपमा काम गर्न दिनु पर्छ भन्ने आफुहरुको भनाई रहेको प्रतिनिधिहरु बताउँछन् ।

रविनाले प्रतिनिधित्व गर्दा युवा र महिला को पनि प्रतिनिधित्व हुने र संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न सकिने प्रतिनिधिहरु बताउँछन् । अहिले धेरै उम्मेदवारहरु गैरआवासीय नेपालीको भन्दा पनि दलका प्रतिनिधिका उम्मेदवार बनेको जस्तो देखिएको छ । उनीहरु निर्वाचित भएपछि काम गर्ने भन्दा पनि राजनीति बढी गर्ने भएकाले रविनालाई नै जिताउनु पर्छ एक प्रतिनिधिले भने ।

You can share this post!

पुलाचौरको जनकल्याणमा एकलाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने

नक्कु र ताराको बेग गाउँको पहिचान झल्किने शिरफुल भाका सार्वजनिक

Related posts