म्याग्दी । राजेगारीको सिलसिलामा क्रोयसियामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्रोयसियाको अध्यक्षमा रुपेश सुन्दास चयन हुनुभएको छ । आईतवार सम्पन्न भएको प्रथम अधिवेशनबाट बेनी नगरपालिका वडा नम्वर ९ निवासी सुन्दासको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्ष सपना जुग्जाली, प्रथम उपाध्यक्ष देबिन गर्वुजा, द्वितिय उपाध्यक्ष समुन थापा, महासचिव प्रेम परियार, सचिव रमेश परियार, सहसचिव दिपा मल्ल, कोषाध्यक्ष कृष्ण बानियाँ, सहकोषाध्यक्ष राम्जी पौडेल, महिला संयोजक अन्जु फगामी, महिला सह संयोजक सुनिता विक रहेका छन ।
त्यसैगरि सदस्यहरुमा तेजेन्द्र फगामी, सुजन बैद्य, सुरज बैद्य, कृष्ण केसी, जस बहादुर पुन, राजेश केसी, आषिश परियार झिल्के, अर्जुन रत्न, डिल रत्न, राजु रत्न, विर रत्न, राम लामिछाने, केसर पुन, पुष्कर पुन, गोविन्द सुन्दास रहेका छन ।
संस्थाका प्रमुख सल्लाहकार रामकृष्ण शर्मा, सल्लाहकार झलक जिसी, तेज सुन्दास रहनुभएको अध्यक्ष सुन्दासले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन गर्दै मोना अन्तराष्ट्रियका निर्वतमान प्रथम उपाध्यक्ष एवम् एनआरएनए नेदरल्याण्डका अध्यक्ष मिम पुर्जाले विश्वभर छरिएर रहेका म्याग्देलीहरुको साझा घर मोना भएकाले संस्थामा आवद्ध हुन अनुरोध गर्नुभयो ।
उहाँले म्याग्देलीहरुको हितमा काम गर्ने संस्था मोनालाई थप उचाईमा पु¥याउनका लागि सहकार्य र एकता आवश्यकता रहेको बताउनुभयो । मोनाका हरेक गतिविधिलाई संस्थागत बनाउन राष्ट्रिय कार्यकारी समितिको योगदान हुने पनि उहाँको भनाई थियो । अधिवेशनमा संस्थापक संयोजक रामकृष्ण शर्माले आफ्नो कार्यकालमा रचनात्मक सहयोग प्राप्त भएको बताउँदै मोनाका अभियानमा सक्रिय भएर लाग्ने बताउनुभयो ।
त्यस्तै नवनिर्वाचित अध्यक्ष सुन्दासले मोनाका गतिविधिलाई निरन्तरता दिदै क्रोयसियामा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई मोनामा आवद्ध बनाउने अभियान संचालन गर्ने बताउनुभयो । उहाँले संस्थामार्फत क्रोयसिया तथा म्याग्दी जिल्लामा समेत विभिन्न कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा लोक दोहोरी गायीका सुनिता विक, हास्य कलाकार सन्तोष परियार, लोक दोहोरी गायक देविन गर्वुजा, किरण लामिछानेको वेजोड सांगीतिक प्रस्तुती रहेको थियो भने कलाकार सपना जुग्जालीको आकर्षक नृत्य पनि प्रस्तुत गरिएको थियो ।
साथै मोना क्रोयसियाका भलिबल खेलाडिहरुलाई पनि भव्य सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा टिमकोच तेज सुन्दास, टिम म्यानेजर रुपेश सुन्दास, टिम क्याप्टेन सुनिल सुन्दास, र खेलाडिहरु विनोद सुन्दास, विनोद सर्वन, सुजन बैद्य, सरोज रत्न, पुस्कर मगर, सुरज भण्डारी र रमेश परियार रहेका छन ।