बगुवाखोलमा सातौँ मुनसन कप सुरुः युवा व्यवसायी जिसीद्वारा उद्घाटन

बेनी । द मुनसन युथ क्लब बेनी नगरपालिका ५ र ६ को आयोजनामा सातौं मुनसन कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको विहिबार गंगा जिसी फाउन्डेसनका अध्यक्ष, तथा नेकपा एमाले बेनी नगर कमिटिका अध्यक्ष युवा व्यवसायी नारायण जिसीले उद्घाटन गर्नुभएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि जिसीले खेलकुदले युवाहरुलाई सत्मार्गमा लाग्नका लागि अभिप्रेरित गर्ने बताउनुभयो । उहाँले खेलाडि राष्ट्रको पहिचान भएकाले पनि स्थानीय स्तरबाटै खेलक्षेत्रको विकास र खेलाडिको प्रोत्साहनका कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको बताउनुभयो ।

जिसीले मुनसन युथ क्लबले प्रत्यक बर्ष फुटबल प्रतियोगिताको आयोजना गरि खेलाडिहरुको क्षमता वृद्धिमा सघाउँदै आएको र नयाँ खेलाडि उत्पादनमा पनि क्लवको अहम भूमिका रहेकोले क्लबलको गतिविधिहरुमा आफ्नो तर्फबाट सधै सहयोग रहने प्रतिवद्धता पनि जनाउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका वडा नम्वर ६ का अध्यक्ष कृष्णसिंह बानियाँ, वडा नम्वर ५ का अध्यक्ष गोविन्द बानियाँ लगायतको विशेष उपस्थिति रहेको थियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । अनुशासित टिमलाई पनि नगद १० हजारसहित ट्रफीको व्यवस्था गरिएको छ ।

त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद ४ हजारसहित ट्रफी हात पार्नेछन भने अन्य विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुले जनही ३–३ हजारसहित ट्रफी हात पार्नेछ ।

त्यसैगरी फुटबल प्रतियोगिता कै अवसरमा सोलो नृत्य, छेलो, तीज गीत, घैटो फुटाल्ने लगायतका खेलकुद प्रतियोगिता सहित साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको पनि आयोजना गरिने क्लबका अध्यक्ष दिनेश बानियाँले बताउनुभयो । प्रतियोगिता असोज १ गते सम्म संचालन हुनेछ ।

You can share this post!

बेनीमा गण्डकी प्रदेशस्तरीय दोस्रो म्याग्दी कोरला ब्याडमिन्टन प्रतियोगिता हुने

बालदिवसको अवसरमा विद्यार्थीहरुद्धारा विज्ञान विशेषाङ्क प्रकाशित

Related posts