कोसेली बोकेर सुत्केरीको घरमै पुगे जनप्रतिनिधि

म्याग्दी, भदौ ११ गते । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ ले वडा भित्रका सुत्केरीलाई कोसेली लिएर घरदैलोमै पुग्ने अभियान सुरु गरेको छ ।
वडाका जनप्रतिनिधिले गाउँ तथा टोलमा सुत्केरी महिला र शिशुको स्वास्थ्य अवस्थाका बारेमा बुझ्दै कोसेली बोकेर घरघरमा पुग्न थाल्नुभएको हो ।

सुत्केरी भएर घरमै बसेका महिलाहरुलाई भेटेर कोसेलीका रुपमा हर्लेक्स, २ पोका पौष्टिक आहार, सावुन, शिशुको लत्ताकपडा सहित नगद रु २५ सय बराबरको सामग्री उपलब्ध गराउने गरिएको वडा अध्यक्ष कृष्णसिंङ बानियाँले बताउनुभयो ।

विपन्न परिवारका सुत्केरीलाई आवश्यक परेमा खाद्यान्न सामग्री समेत उपलब्ध गराउने गरेका छौँ, स्वास्थ्यमा समस्या देखिएका तत्काल स्वास्थ्यकर्मीसंग समन्वय गछौँ, वडा अध्यक्ष बानियाँले भन्नुभयो ।

सुत्केरी महिलालाई कोसेली दिनुका साथै सुत्केरी अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा पनि सचेतना प्रदान गर्ने गरिएको अध्यक्ष बानियाँले बताउनुभयो । सुत्केरी महिलाको स्वस्थ्य अवस्थाका बारेमा वडाका महिला जनप्रतिनिधिले नियमित रुपमा जानकारी लिने गरेको पनि उहाँले बताउनुभयो ।

वडा भित्रका गर्भवति महिलाको विवरण संकलन गर्ने गरेकाले सहज भएको बताईएको छ । हाल सम्म चारजनालाई कोसेली वितरण गरिएको र यो अभियान निरन्तर रहने वडाले जनाएको छ । यता सुत्केरी महिलाले जनप्रतिनिधिले कोसेलीमार्फत भेट्न आउँदा र स्वास्थ्य अवस्थाको बारेमा समेत जानकारी लिदा खुसि लागेको बताएका छन ।

You can share this post!

सुवाका बाढि पहिरो पीडितलाई राहत सामग्री सहयोग

गायक ध्रुव जिसी र अन्जु पन्तको ‘मायालु गुन्य चोलीमा’ (भिडियो सहित)

Related posts